Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

राससले जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्ने

सम्वाददाता

सम्वाददाता

राससले जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्ने
ADVERTISEMENT

नेपालगन्ज, ७ फागुन : राष्ट्रिय समाचार समिति ९रासस०ले समावेशी पत्रकारिताको विकास गर्न जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । 

राससको ६३औँ वार्षिकोत्सवको अवसरमा रासस नेपालगञ्ज कार्यालयले आयोजना गरेको ‘राससमा समावेशी पत्रकारिताको विकास’ विषयक अन्तरसंवाद कार्यक्रमका वक्ताहरुले भाषाको संरक्षणसँगै जनताका सवाल राससले उठान गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले रासससँगको सहकार्यमा अवधी भाषामा समाचार प्रकाशन गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । 

 “अवधी भाषाको संरक्षण गर्ने कामको सुरुआत गरेका छौँ, भाषासँगै अवधी भाषी जनताका समस्याका विषय पनि राससले उठान गर्नुुपर्छ”, नगरप्रमुख बिष्टले भन्नुभयो, “यो अभियानमा सबै सञ्चारकर्मी र सञ्चारमाध्यमले सहयोग र सहकार्य गर्न जरुरी छ ।”

नगरप्रमुख बिष्टले स्थानीय सञ्चारमाध्यम र भाषा बचाउन नसकिए लोकतन्त्र कमजोर हुने उल्लेख गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले छिट्टै सञ्चार नीति ल्याएर सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष शुक्रऋषि चौलागार्इँले राष्ट्रिय समाचार समितिले सबै भूगोल, वर्ग र समुदायका जनजीविकाका सवाल उठान गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपालगञ्जका अग्रज पत्रकार झलक गैरेले राससले भाषाको साथ साथै सबै जातजाती र समुदायका सवाललाई प्राथमिकताका साथ उठान गर्नुपर्ने बताउनुभयो ।

 रासस नेपालगञ्ज कार्यालयका प्रमुख युवराज पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपालगञ्जका अग्रज पत्रकारहरु शिव डोटेल र प्रेम केसी, नेपाल पत्रकार महासङ्घका सचिव कमल डाँगी, सामाजिक अभियन्ता विश्वजित तिवारी, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख विजय बर्मा, अवधि पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सूर्यलाल यादव, रासस नेपालगञ्ज कार्यालयका पूर्वप्रमुख निरजकुमार गौतम, पत्रकारहरु बिमला चौधरी, रुपा गहतराज, डक्ट धिताल, नविन गिरी, दुर्गा रोकायलगायतले राससको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…