Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्जका तीन योजनाको निमार्ण सुरु

सम्वाददाता

सम्वाददाता

नेपालगञ्जका तीन योजनाको निमार्ण सुरु
ADVERTISEMENT

नेपालगन्ज, २४ माघ : नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका तीन वटा योजना निमार्णको कार्य शुरु गरेको छ । गणेशमानचोकदेखि धम्बोझीचोकसम्म सुर्खेतरोडमा फुटपाथ निर्माण कार्य सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले डेढ मिटर चौडा फुटपाथ निर्माण कार्यको आज यहाँ शुभारम्भ गर्नुभभयो । 

राज बिल्डर्सले फुटपाथ निर्माण गर्न थालेको इन्जिनियर चन्दन राज दासले बताउनुभयो । उहाँका अनुसार रु एक करोड लागतमा बन्न थालेको फुटपाथ चालू आर्थिक बर्षमा सुर्खेतरोडको पश्चिमतर्फ निर्माण गरिने छ । 

नेपालगञ्ज उपमहानगरपालिकाको वीपीचोकदेखि धम्बोझी चोकसम्म मिडियन रेलिङ कार्य सुरु गरिएको छ । नगर प्रमुख विष्टले मिडियन निर्माण कार्यको अनुगमन गर्नुभएको छ । नगर सौन्दर्यकरण, हरियाली प्रवर्द्धन र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकको बीच भागमा बृक्षारोपण र रेलिङ निर्माण कार्य सुरु गरिएको हो ।

रु ४० लाख लागतमा यसै आर्थिक बर्षभित्र निर्माण कार्य सक्ने गरी नेपाल विल्डर्सले काम थालेको योजना तथा प्राविधिक शाखा प्रमुख भुपेन्द्र बोहोराले जानकारी दिनुभयो । 

यसैगरि नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १९ आलानगरमा सडक स्तरोन्नति र नाला निर्माण कार्य सुरु भएको छ । तीन सय १० मिटर लामो र १० मिटर चौडा सडक स्तरोन्नति तथा ७२.५ सेन्टिमिटर चौडा नाला निर्माण कार्यको नगर प्रमुख विष्टले शिलान्यास गर्नुभएको छ । 

आलानगरदेखि फारम टोल जोड्ने उक्त बाटो ग्राभेल र दुईतर्फी नाला आरसीसी ढलान गरिने इन्जिनियर इश्वरी सापकोटाले बताउनुभयो । विशाल निर्माण सेवाले जेठ १५ गतेसम्म रु ७० लाख लागतमा निर्माण सम्पन्न गर्ने गरी कामको सुरुआत भएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…