Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवामा एसइइ पास गरेका छात्रालाई साइकिल वितरण

सम्वाददाता

सम्वाददाता

डुडुवामा एसइइ पास गरेका छात्रालाई साइकिल वितरण
ADVERTISEMENT

डुडुवा (बाँके) १४ माघ । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई पास गरेका छात्राहरुलाई साइकिल वितरण गरेको छ । घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्र्तगतका सामुदायिक विद्यालयहरुका छात्रालाई साइकिल वितरण गरिएको हो । 

२०७९ सालमा एसइइ पास गरेका गाउँपालिकाका ७ वटा माध्यमिक विद्यालयका ९२ जना छात्रालाई साइकिल वितरण गरिएको शिक्षा शाखाका स्रोतव्यक्ती राम एकबाल मण्डलले बताउनुभयो ।

आज आइतबार पालिका कार्यालयमा आयोजित एक समारोहका विच साइकिल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गरेको भन्दै भोलीका दिनमा उच्च शिक्षा हासिल गर्न टाढा तथा बजारसम्म आउजाउ गर्न मद्दत पुग्ने बताउनुभयो । 

उहाँले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष चौधरीले शिक्षा भनेको उज्यालोको प्रकाश भएकाले बालबालिकालाई शिक्षातर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिदै पालिकाभित्र संचालित विद्यालयहरुमा शैक्षिक गुणस्तरियताका लागि पहिलो चरणमा आधारभुत विद्यालयलाई सिसि क्यामरामार्फत निगरानी सुरु गरिएको बताउनुभयो । 

उहाँले डुडुवाले संस्कार शिक्षालाई जोड दिदै आगामी शैक्षिक सत्रबाट स्थानीय पाठयक्रम तयार गरि लागु गर्न लागेको बताउनुभयो । आ–आफ्नो घरमा नैतिकतासंगै संस्कारको बाताबरण तयार गर्न यो शिक्षा दिन लागेको उहाँको भनाई छ । 

कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, प्रमुख प्रशासकिय अधिकृत गिरबहादुर सेजुवाल, विभिन्न विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो । 

साइकिल वितरण कार्यक्रममा नेकपा एमालेबाट निवार्चित वडाअध्यक्षसहितका जनप्रतिनिधीहरुले कार्यक्रमलाई विथोल्ने प्रयास गरेका थिए । कार्यक्रममा एक्कासी प्रबेश गरेर अनावश्यक वादविवाद सिर्जना गरि कार्यक्रम विथोल्ने प्रयास गरेको अध्यक्ष चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो,–‘राजनतिक विवादका विषयमा छलफल गर्नुछ भने मसंग समय लिनुस अनी बसेर संवाद गरौ, यसरी औपचारिक कार्यक्रमलाई भाड्न पाइन्दैन ।’  

उहाँले सबै समस्याको अन्त्य छलफलमार्फत हुने भएकाले संवादमा जानुपर्नेमा जोड दिदै सामाजिक सञ्जालमार्फत विभिन्न किसिमका झुठा आरोप लागएर अरुलाई पनि भ्रममा पार्ने काम नगर्न आवहान गर्नुभयो । गाउँपालिकाले अहिलेसम्म गरेको विकास तथा राम्रा कामहरु सबै जनतासामु छर्लङ्ग छ, विश्वास लाग्दैन भने फिल्ड गएर हेर्न अनुरोध गर्नुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…