Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

युवा सहभागिताका लागि कार्यशाला

सम्वाददाता

सम्वाददाता

युवा सहभागिताका लागि कार्यशाला
ADVERTISEMENT

नेपालगन्ज, माघ १० । बर्दियाको मधुवनमा स्थानिय तहको युवा सहभागी निति योजना बारेको कार्यशाला गरिएको छ । प्लान इन्टरनेशनल नेपालको अर्थिक सहयोगमा बाँके यूनेस्को क्लबद्धारा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत सो कार्यशाला मधुवन नगरपालिकामा आयोजना गरिएको थियो ।
 
मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटको विशेष उपस्थितीमा भएको कार्यशालामा युवाको भूमिका, योजना प्रक्रियामा युवाको सहभागिताका साथै युवा नीतिका बारेमा छलफल समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण सहजकर्ता बसन्त विसीले गर्नु भएको थियो । 

कार्यशालामा युवाहरुको नागरिक अधिकार, मानव अधिकार सम्बन्धि अन्तरराष्ट्रिय कानुन, नेपालको कानुनि व्यवस्था, नीतिगत व्यवस्था बारे छलफल गरिएको बाँके युनेस्को क्लव वर्दियाका कार्यक्रम अधिकृत ईश्वर बिकले बताउनुभयो । उहाँका अनुसार लामो समयदेखी बाँके यूनेस्को क्लवले वर्दियाका ८ वटै पालिकाहरुमा वालवालिका तथा यूवा वर्ग लक्षीत विभिन्न कार्यक्रम गर्दै आएको छ ।

वर्तमान अवस्थाम यूवा वर्गले छिटो विश्वास नगर्ने गरेको हुँदा अवका दिनमा आ आफ्नो कमी कमजोरी हटाउँदै युवालाई साथमा लिई अगाडी बढ्न जरुरी भएको कार्यक्रमको अध्यक्षता गर्नु भएकी मधुबन नगरपालिकाकी उप मेयर अनिता चौधरीले बताउनुभयो । उहाँले नीतिमा सुधार गरिनु पर्ने बताउँदै उप मेयर चौधरीले युवाहरुलाई आफ्नै देशमा रहने वातावरण मिलाउनका लागी ठोस नीति तथा कार्यक्रमहरु हुन जरुरी रहेको उल्लेख गर्नुभयो । 

मधुवन नगरपालिका वडानं ७ का वडा अध्यक्ष राजेन्द्र हमालले यूवा क्लवको गठन व्यवस्थापन गर्न जरुरी भएको धारणा राख्नु भएको थियो । सो एक दिने कार्यशालामा पालिकाका मेयर उपमेयर, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनारा, शिक्षा इकाइका सल्लाहकार विजय ओली र किशोरी क्लबका प्रतिनिधि लगायत २५ जना सरोकारवालाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा परियोजनाको उदेश्य र योजना बारे कार्यक्रम संयोजक गोविन्द लामिछानेले विस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…