Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सामाजिक सेवालाई राजनीतिक रुपले हेर्न नहुने : नेतृ राणा

सम्वाददाता

सम्वाददाता

सामाजिक सेवालाई राजनीतिक रुपले हेर्न नहुने : नेतृ राणा
ADVERTISEMENT

बाँके, २७ पुस : नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले सामाजिक सेवालाई राजनीतिक रुपले हेर्न नहुने बताउनुभएको छ । 

जाजरकोटका भूकम्पबाट पीडित सुत्केरी, गर्भवती तथा सिमान्तकृत महिलालाई ‘डिग्निटी किट’ एवम् पौष्टिक तथा पोषिलो आहारसहितको झोला हस्तान्तरण कार्यक्रमलाई आज यहा सम्बोधन गर्दै नेतृ राणाले भन्नुभयो,–“यो सामाजिक सेवा हो, पार्टीगत कुरा हुदैन, यसमा राजनीति छैन, जसलाई पर्छ, त्यसलाई गर्ने हो, तरुण दलले जागरकोट पुगेर घर बनाउने काम गर्यो, तरुण दलप्रति हामीलाई विश्वास लागेर यो सामाग्री पनि पीडितलाई बाँड्का लागि हस्तान्तरण गरिएको हो ।’

प्रतिनिधि सभा सदस्य एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत रहनुभएकी डा. राणाले विपदका बेला नागरिकलाई सहयोग गर्नु ठुलो कुरा नभएर दायित्व पनि भएको बताउनुभयो । 

उहाँले भन्नुभयो,–‘सामाजिक कार्यकर्ता भएको नाताले पहिलेदेखी सहयोग गर्दै आएको हो, जाजरकोटका भूकम्प पीडितलाई धेरै गाह्रो भएको अवस्था छ, गर्भवती, सुत्केरी महिलालाई धेरै गाह्रो छ भन्ने जानकारी आएपछि तत्काल हामी के गर्न सक्छौं भनेर यो सहयोग गरेका हौं, ।’ 

त्यस अवसरमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले आफुहरु भूकम्प पछि जाजरकोट पुगेर अस्थायी टहरा निर्माण गरी फर्केको र भूकम्प पीडितको अवस्था अत्यन्त दयनीय रहेको बताउनुभयो । ‘त्रिपालमुनि बसेका ७२ परिवारलाई हामीले १० दिनभित्र अस्थायी टहरामा सार्न सफल भयौं,’ उहाँले भन्नुभयो,–‘यो सामाग्री हामी जाजरकोटका पीडितको हातमा पुर्याउँछौं ।’ 

जाजरकोटका भूकम्प प्रभावित गर्भवती, सुत्केरी तथा सीमान्तकृत महिलालाई एक हजार थान राहत सामग्री पठाइएको हो । डिग्निटी किट एवम् पौष्टिक तथा पोषिलो आहारसहितको एक हजार थान झोला भूकम्प प्रभावित गर्भवती, सुत्केरी तथा सीमान्तकृत महिलालाई वितरण गरिनेछ । 

१८ प्रकारको सामग्री भएको किटको संख्या पाँच सय थान र १५ प्रकारको सामग्री भएको किटको संख्या पाँच सय थान छ । वितरण गरिने सामग्रीहरुमा ज्याकेट तथा टाउजर, उलनको मोजा, स्यानेटरी प्याड, बच्चाको ब्ल्यांकेट, बच्चाको कपडा, म्याक्सी, कटनको तौलिया, भित्री बस्त्र, टुथ ब्रस, टुथ पेष्ट, नेल कटर, काइँयो, सरफ, सेम्फु, नुहाउने साबुन, लुगा धुने साबुन र पोषणयुक्त खानेकुरा रहेका छन । 
–––
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…