Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्ज उपमहानगरपालिकाद्धारा अवैध इ–रिक्सा नष्ट गर्न सुरु

सम्वाददाता

सम्वाददाता

नेपालगञ्ज उपमहानगरपालिकाद्धारा अवैध इ–रिक्सा नष्ट गर्न सुरु
ADVERTISEMENT

नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध इ–रिक्सा नष्ट गर्न सुरु गरेको छ । लामो समयदेखि इ–रिक्सा व्यवस्थापनमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले आवश्यक कागजात र बैधता पुष्टि गर्न नसकेका इ–रिक्सा नष्ट गर्न सुरु गरेको हो ।

मंसिर १९ गतेदेखि अवैध इ–रिक्सा नियन्त्रण अभियान थालेको नेपालगञ्ज उपमहानगरपालिकाले आज ५ वटा इ–रिक्सा नष्ट गरेको छ । 

आवश्यक कागजात नभएका ती इ–रिक्सा प्राविधिक जाँच गरी नष्ट गरिएको हो । भे १ स ५४९८, भे १ स ८७५१, भे १ स ४८, भे १ स १५३१ र गाविस ०२ नम्बरको इ–रिक्सा जेसिबीले नष्ट गरेको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो ।

यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजर सुशिल शर्माले इ–रिक्सा धनीरचालककै अगाडि कागजात अद्यावधिक भएरनभएका, चेसिज नम्बर मिलेरनमिलेको वा भएरनभएको प्राविधिक जाँच गर्नुभएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाले इ–रिक्सा नियन्त्रण गर्नुअघि पटक–पटक प्रक्रिया पु¥याउन आग्रह गरेको थियो । नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर इ–रिक्सा अद्यावधिक गर्न समय दिइएको थियो । नगर प्रमुख प्रशान्त विष्टले नगरमा अवैध इ–रिक्सा गुड्न पूर्णरूपमा प्रतिबन्ध लगाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका दृढ भएर लागेको बताउनुभयो ।

“हामीले पटक–पटक भनेको हौं, अद्यावधिक गर्न समय पनि दिएका थियौं, नियन्त्रणमा लिइएका धेरै इ–रिक्साले आवश्यक कागजात अद्यावधिक गरेपछि हामीले छोडेका छौं, अवैध इ–रिक्सा हामीले नष्ट गर्न सुरु गरेका छौं,” नगर प्रमुख विष्टले भन्नुभयो–“अब हामी निरन्तर अगाडि बढ्छौं, नीति नियम र कानुन भन्दा बाहिर गएर चल्ने छुट कसैलाई छैन ।”

नेपालगञ्ज उपमहानगरपालिकाले हालसम्म ६२३ इ–रिक्सा नियन्त्रण लिएको छ । ती मध्ये आवश्यक कागजात र प्रक्रिया पु¥याएपछि ५३८ इ–रिक्सा फिर्ता भएका छन् । अझै पनि ८५ वटा इ–रिक्सा नियन्त्रणमै छन् । ती इ–रिक्सामाथि पनि छानविन भइरहेको नगर प्रहरी प्रमुख बोगटीले बताउनुभयो ।  

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…