Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

जोखिमपूर्ण यात्रामा निस्केका ५ सय बढीलाई नाकाबाट फिर्ता

सम्वाददाता

सम्वाददाता

जोखिमपूर्ण यात्रामा निस्केका ५ सय बढीलाई नाकाबाट फिर्ता
ADVERTISEMENT

नेपालगन्ज १५ पुस ।नेपालगञ्चले भारत तथा तेस्रो मुलुक जानका लागि जोखिमपूर्ण यात्रामा निस्केका ५ सय ९ जनालाई नाकाबाट फिर्ता पठाइएको छ । 

अंग्रेजी नयाँ वर्षको एक वर्ष अवधिमा माइती नेपाल, नेपालगञ्जले नेपालगञ्ज नाकाबाट विभिन्न जिल्लाबाट भारत तथा तेस्रो मुलुक जान थालेका ५ सय ९ जना महिला तथा वालवालिकालाई नाकाबाट फिर्ता पठाएको हो ।

माइती नेपाल, नेपालगञ्जले आज नेपालगञ्जमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उक्त तथ्यांक सार्वजनिक गरेको थियो। माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले जोखिमपूर्ण यात्रामा निस्केका र नाकाबाट फिर्ता पठाइएका ५ सय ९ जनामध्ये १८ वर्षमुनिका बालिका एक सय ८२ जना रहेको जानकारी दिनुभयो ।

जोखिमपूर्ण यात्राबाट घर फिर्ता पठाइएकामा बाँकेका ८२ जना, बर्दियाका ५३ जना, सुर्खेतका ६० जना, दाङका ५५ जना, सल्यानका ३६ जना, दैलेखका ३० जना, जाजरकोटका २७ जना, रुकुमका २० जना, रोल्पाका १९ जना, कैलालीका १६ जना, जुम्लाका १४ जना रहेका छन् । 

यो नाकाबाट पूर्वी जिल्लाका महिला तथा बालबालिकालाई समेत भारत तथा तेस्रो मुलुकमा लैजाने गरिन्छ । जसमा चितवनका ७ जना, सिन्धुपाल्चोकका ३ जना, मकवानपुरका ५ जना, सिन्धुलीका २ जना, तनहुँका एक जना, अर्घाखाँचीका एक जना, ताप्लेजुङका २ जना, धादिङका ८ जना, इलामका १ जना, सुनसरीका २ जना, गुल्मी र स्याङ्जाका एक एक जना रहेका छन् ।

माइती नेपाल, नेपालगञ्जमा यो वर्ष ६ सय ६२ वटा खोजतलास तथा उद्धारका लागि निवेदन परेको छ । त्यसमा २ सय ७८ जना फेला परेका छन् । खोजतलासको निवेदनमा २ सय ८४ जना १८ वर्षमुनिका बालिका रहेका छन् ।

माइती नेपाल, नेपालगञ्जका संयोजक कोइरालाले सामाजिक सञ्जालको दुरुपयोग गरेर महिला तथा बालबालिका जोमिखपूर्ण यात्रामा निस्किने घटना बढेको बताउनुभयो। उहाँले सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि स्कूल र कलेज तथा जोखिमपूर्ण यात्रामा बढी निस्केका गाउँटोलमा गएर सचेतनामूलक कार्यक्रमहरु गरिरहेको बताउनुभयो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…