Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

अपाङ्गता भएका ७ जनालाई ट्राइसाइकल वितरण

सम्वाददाता

सम्वाददाता

अपाङ्गता भएका ७ जनालाई ट्राइसाइकल वितरण
ADVERTISEMENT

नेपालगन्ज, पुस ४ । बाँके युनेस्को क्लबले हील नेपालसँगको सहकार्य र कतार च्यारिटी नेपालको सहयोगमा बाँकेका तीनवटा पालिकाका अपाङ्गता भएका ७ जनालाई ट्राइसाइकल वितरण गरेको छ । 

क्लबले बाँकेको कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिकाका अपाङ्गता भएका ७ जना स्थानीय बासिन्दालाई ट्राइसाइकल वितरण गरेको हो । 

अपाङ्गता भएकाहरुलाई सो ट्राइसाइकल वितरण खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुशिला न्यौपाने, शिक्षा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्ल लगायत स्थानीय पालिकाका प्रतिनिधिहरुले बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक बिनिता आरसी, सामाजिक संरक्षण अधिकृत गुलाम गौस, फिल्ड सुपर भाइजर अर्पित सिंह र डेक नेपालका रमेश शर्मा र टेकराज जैसीको उपस्थितिमा गर्नु भएको थियो ।  

यसअघि ती अपाङ्गता भएका ७ जना स्थानीयहरुसँग ट्राइसाइकलको सुविधा नभएकाले घरमै थुनिएका थिए र एक्लोपन महसुस गरिरहेका थिए । तर, अहिले ट्राइसाइकल पाएपछि उनिहरु अन्य व्यक्तिजस्तै घर बाहिर हिडडुल गर्न सक्ने भन्दै निकै उत्साहित भएका छन् । 

शारीरिक रूपमा अपाङ्गता भएकी विमला थापाले ट्राईसाइकल नहुँदा धेरै समस्या भोग्नुपरेको र अरूको भर पर्नुपरेको दुःख सुनाउनुभयो । उहाँले यो ट्राइसाइकल सहयोगले कुनै पनि साना आयआर्जनका गतिविधिमा समेत संलग्न हुने अवसर सिर्जना गर्ने जनाउँदै यसबाट आर्थिक समस्या पनि समाधान हुने बताउनुभयो । 

सोही प्रकारले ट्राईसाइकल पाएका अन्य व्यक्तिहरुले पनि यसबाट निकै उत्साहित बनेको जनाउँदै उसले सहज आवतजावतका लागि धेरै सहयोग पुग्ने र आत्मनिर्भर बनाउँदै आफ्नो दैनिक काममा पनि सहज हुनुका साथै सम्मानजनक जीवनयापन गर्न सकिने प्रतिक्रिया दिएका छन् ।

कतार च्यारेटि नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले बाँकेमा विपन्न, गरिब र अपांगता भएकाहरुका लागि विभिन्न कार्यक्रम गर्दै आएको क्बलका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।  

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…