Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्जमा रुख काटेपछि अभियन्ता आक्रोसित

सम्वाददाता

सम्वाददाता

नेपालगञ्जमा रुख काटेपछि अभियन्ता आक्रोसित
ADVERTISEMENT

नेपालगन्ज २७ मङ्सिर । नेपाल विद्युत प्राधिकरणले हुर्केका बयश्क रुख जथाभावी काटेपछि नागरिक स्तरबाट त्यसको आलोचना भएको छ । तार व्यवस्थापनका नाममा नेपालगञ्जस्थित विद्युत कार्यालयले बाँके जिल्ला अदालत अगाडीका १६ वटा रुख काटेपछि सर्वत्र विरोध भईरहेको हो ।

नगरलाई सुन्दर, व्यवस्थित र हरियाली बनाउन रोपिएर हुर्काइका बयश्क रुख कुनै समन्वय नै नगरी काटिएपछि यहाँका नागरिक समाज लगायतको समुहले दोषीलाई कारवाहीको समेत माग गरेको छ । 

जथाभावी रुख काटिएपछि नागरिक समाजका अगुवाले आज राष्ट्रिय मानव अधिकार आयोगमा अध्ययन तथा आवश्यक छानविन र कारवाहीका लागि उजुरी दर्ता गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जको पहलमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालयमा उजुरी दर्ता गरिएको हो । 

कार्यालयका निमित्त प्रमुख सुलोचन चौधरीलाई उक्त उजुरी बुझाइएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका अध्यक्ष डा विनोद कर्ण, अभियन्ताहरु रविन्द्रकुमार ज्ञवाली, राकेश मिश्र, अरुण तिवारी, अनुप मिश्र लगायतको समुहले उजुरी दर्ता गराएको हो ।  

सार्वजनिक सम्पत्तिको संरक्षणको साटो एउटा सरकारी कार्यालयले नै तार व्यवस्थापनका नाममा एक्कासी रुख काट्ने कुराको सर्बत्र निन्दा गरिएको छ । नेपालगञ्जमा हरियाली प्रबद्र्धन गर्दै सुन्दर सहर बनाउने अभियानलाई झट्का दिने गरी यस्तो काम भएको भन्दै अभियन्ताहरु आक्रोशित भएका छन् । 

शहरलाई सुन्दर र हरियाली बनाउन मैले विगतका वर्षदेखि अभियान नै चलाएको बेला एउटा सरकारी कार्यालयले धमाधम रुख काटेपछि विधीको शासनको खिल्ली उढाएको अभियन्ता विनोद कर्ण बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “नेपालगन्ज हरियाली शहरका लागि अभियान चलाईरहेको छु, तर मेरो अभियानको समेत अपमान गरिएको छ, रुख काट्नेलाई कारवाही हनुपर्दछ ।” यो कार्यले हाम्रो अभियानलाई कमजोर बनाएको छ उहाँको भनाई थियो ।  

अभियन्ताहरुले बाताबरणको संरक्षण तथा सम्बद्र्धनका लागि सरोकारवाला निकायको ध्यान समेत आकर्षण गरेका छन । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…