Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेमा शीतलहर आकस्मिक योजना स्वीकृत

डेक्स

डेक्स

बाँकेमा शीतलहर आकस्मिक योजना स्वीकृत
ADVERTISEMENT

नेपालगन्ज । जिल्ला विपद व्यवस्थापन समिति बाँकेको बैठकले  शीतलहरबाट नागरिकलाई जोगाउन परिमार्जित शीतलहर आकस्मिक योजना बाँके २०८० स्वीकृत गर्दै विभिन्न २१ बुँदे निर्णय गरेको  छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यषतामा बसेको वैठकले यस वर्षको चिसोयाम शुरु भइसकेकोले जिल्लामा चिसो तथा शीतलहरका कारण हुन सक्ने क्षती न्यूनीकरणका लागि तयार गरिएको शीतलहर आकस्मिक योजना २०८० को मस्यौदामाथि छ्लफल गरी प्राप्त सुझाव समेत समावेश गरेर परिमार्जित शीतलहर आकस्मिक योजना बाँके २०८० स्वीकृत गरिएको  हो । 

आठ स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत जिल्लाका सरोकारवाला उपस्थित वैठकमा स्वीकृत उक्त योजना अनुरुप आ(आफ्नो जिम्मेवारी पूरा गर्न सम्बन्धित सबै सरोकारवाला निकायले तत्काल आवश्यक तयारी तथा पूर्व प्रवन्ध मिलाई कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।  सबै नगरपालिकारगाउँपालिका विपद व्यवस्थापन समिति तथा सवै विषयगत क्षेत्रले आ(आफ्नो शीततलहर पूर्व तयारी बैठक बसी आकस्मिक योजना तयार गरी लागू गर्ने निर्णय भएको हो ।

 स्थानीय तहले चिसो तथा शीतलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, जेष्ठ नागरिक, वालवालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरेर सूची तयार पार्ने र राहत वितरण प्राथमिकतामा राख्ने, चिसो तथा शीतलहर चलेको बेला चोक तथा चहलपहल हुने स्थानमा आगो बाल्न स्थानीय तहहरुले डिभिजन वन कार्यालय वा नजिकको सव डिविजन वन कार्यालय र बन उपभोक्ता समितिसंग समन्वय गरी स्थानीय सामुदायिक वनमार्फत आवश्यक दाउरा उपलव्ध गराउने, दाउरा उपलव्ध गराउँदा सहुलियत दररेटमा समेत उपलव्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।

यसैबीच जिल्ला विपद व्यवस्थापन समितिले जाजरकोट भूकम्प पश्चात प्रतिकार्यमा सहयोगी भूमिका निभाउने सरकारी निकाय, कार्यालय, संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ । जाजरकोट भूकम्पका घाइतेको उपचार व्यवस्थापन, राहत सामग्री हस्तान्तरण लगायतका क्रियाकलापमा सहयोग पुर्याउनेहरुलाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको हो । सहयोगीहरुलाई प्रशंसापत्र प्रदान गरिएको छ ।
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…