Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

लुम्विनी प्रदेश सरकारले पूर्णता पाउँदै

डेक्स

डेक्स

लुम्विनी प्रदेश सरकारले पूर्णता पाउँदै
ADVERTISEMENT

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारलाई पूर्णता दिने तयारी थाल्नुभएको छ ।  नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन सकिएलगत्तै मुख्यमन्त्री चौधरीले सरकार विस्तार गर्ने तयारी रहेको जनाइएको छ । 

लामो समयदेखि लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ हुँदा धेरै आलोचना खेपेका मुख्यमन्त्री चौधरीले पार्टीको प्रदेश सम्मेलन सकिएलगत्तै सरकार विस्तारको तयारी गरेका हुन् । दुईतीन दिनभित्रै मन्त्री थपिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपाल भट्टराईले बताए ।

दलीय सहमति अनुसार मन्त्रालय भागबन्डा गर्दा अब नेपाली कांग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्री पाउने थिए । यसका लागि मन्त्रालय विभाजन गर्नुपर्ने थियो । तर नेपाली कांग्रेसले मन्त्रालय विभाजन गर्दा प्रदेशप्रति नकारात्मक सन्देश जाने भन्दै हाल कायम मन्त्रालय अनुसार नै सरकार विस्तार गर्न सुझाव दिएको छ । सोही अनुसार अब कांग्रेसले दुई र माओवादीले एक मन्त्रालय थप पाउने छन् ।

कांग्रेसले सम्हाल्ने थप दुई मन्त्रालयमध्ये एउटा मन्त्रालय भने मुख्यमन्त्री चौधरी आफैले सम्हाल्ने जनाइएको छ । मुख्यमन्त्री प्रेस सल्लाहकार भट्टराईले भने, ‘एक जना माओवादीबाट र एक जना नेपाली कांग्रेसबाट मन्त्री थपिने छन् । एउटा मन्त्रालय मुख्यमन्त्रीज्यूसँगै रहन्छ, तर कुन मन्त्रालय कसलाई दिने र मुख्यमन्त्रीले कुन मन्त्रालय राख्ने भन्ने अझै टुङ्गो लगाउन बाँकी छ । त्यो पनि एकदुई दिनभित्रै टुङ्गिन्छ ।’
अहिले लुम्बिनी प्रदेशमा १० मन्त्रालय छन् । जसमा मुख्यमन्त्रीले तीन मन्त्रालय सम्हालेका छन् । मन्त्रिपरिषदमा कांग्रेसबाट राजु खनाल स्वास्थ्य र माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री छन् । सानादलबाट भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था, चन्द्रकेश गुप्ता सामाजिक विकास र धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमल्सिनाले चाँडै प्रदेश सरकारले पूर्णता पाउने बताए ।

गत वैशाखमा कांग्रेस, माओवादीसहित आठ दल र एक स्वतन्त्र सांसद गरी ५३ जनाको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार गठन भएको थियो । यद्यपि सरकारले पूर्णता पाउन बाँकी छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…