Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नसर्ने रोगको जोखिम बढ्दै

डेक्स

डेक्स

नसर्ने रोगको जोखिम बढ्दै
ADVERTISEMENT

नेपालगञ्ज  । सुर्तिजन्य पदार्थको सेवन र अस्वस्थ्य खानपान लगायतका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको छ । 
मुटु तथा रक्तनली, श्वासप्रश्वास, मधुमेह, मानसिक स्वास्थ्य, क्यान्सर लगायतका नसर्ने रोगका ९० प्रतिशत विरामी उपचारका लागि अस्पताल पुग्ने गरेको सरोकार भएकाले जनाएका छन । 
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना एवम् सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको सहयोगमा आज यहाँ आयोजना गरिएको ‘नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ कार्यशाला गोष्ठीमा नेपालमा नसर्ने रोगबाट हुने मृत्यु ७१ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरिएको छ । सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालका सुजन जोशीले नसर्ने रोगबाट हुने मृत्यु ५१ प्रतिशतबाट बढेर अहिले ७१ प्रतिशत पुगेको जानकारी दिनुभयो । मुटु, मधुमेह रोगलाई ८० प्रतिशतसम्म तथा क्यान्सरलाई ४० प्रतिशतसम्म रोकथाम गर्न सकिने बताइएको छ ।  
सो कार्यक्रममा सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाले नसर्ने रोगको अवस्था नेपालमा भयावह बन्दै गइरहेको भन्दै ती रोगहरुको रोकथामका लागि सरकारले अभियानका रुपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।  हरेक नागरिकले आफ्नो खानपान र व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गर्दै उहाँले बार्षिकरुपमा आफ्नो स्वास्थ्य परीक्षणका लागि प्रतिबद्ध हुनुपनमा जोड दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नसर्ने रोगको उपचारका लागि सिफारिस लिन आउने मानिसहरु बढ्दै गएको भन्दै आफ्नो स्वास्थ्यप्रति सबै गम्भीर बन्नुपर्ने बताउनुभयो ।  स्वास्थ्य कार्यालय बाँकेका नसर्ने रोग फोकल पर्सन नरेश श्रेष्ठले जिल्लाका समग्र स्वास्थ्य सूचकांकहरु तथा नसर्ने रोगको बढ्दो जोखिम र अवस्थाबारे प्रस्तुतिकरण गर्नुभएको थियो । नेपालगञ्ज उपमहानगरपालिकामा गत आर्थिक बर्षमा ६ र यस आर्थिक बर्षमा हालसम्म ३ जना गर्भवती महिलाको ज्यान जानुमा प्रमुख कारक नसर्ने रोग रहेको नेपालगन्ज उपमहानगरका स्वास्थ्य अधिकृत जागेश्वर बस्नेतले बताउनुभयो ।  

कार्यशाला गोष्ठीमा उपप्रमुख कमरुद्दिन राई, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा. दिनेशकुमार चौधरी, सुरक्षित मातृत्व सञ्जाल महासंघका कोषाध्यक्ष सुनिल श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले नसर्ने रोग मानव र समाज विकासका लागि ठूलो चुनौति भएको बताए । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…