Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जका डेरी उद्योगको अनुगमन

सम्वाददाता

सम्वाददाता

नेपालगन्जका डेरी उद्योगको अनुगमन
ADVERTISEMENT

बाँके, १० मङ्सिर : नेपालगन्जमा अखाद्य बस्तुमाथि निगरानी बढाइएको छ । लेवलिङ नगरिएका र म्याद गुज्रेका अखाद्य बस्तुको विक्री वितरण भइरहेको गुनासो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले निगरानी बढाएको हो ।

नेपालगन्ज नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक कमरुद्दिन राईको नेतृत्वमा आज बजार अनुगमन गरिएको छ । नगरका विभिन्न ५ वटा डेरी उद्योग÷पसलहरुमा अनुगमन गरिएको अनुगमन शाखा प्रमुख प्रविन रानाले बताउनुभयो । 

अनुगमनका क्रममा लेवलिङ नगरिएका दुध र दुग्धजन्य पदार्थ भेटिएका छन् । यस्तै उद्योग÷पसलहरुमा सरसफाईको अवस्था कमजोर देखिनुका साथै आवश्यक कागजपत्र देखिने गरी नराखेको पाइएको छ । 

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख एवम् प्रतिनिधिसहितको अनुगमन टोलीले अखाद्य बस्तु नष्ट गरेको छ । खजुरारोडस्थित जनता दुग्ध डेरी उद्योगमा लेवल विनाको आधा÷आधा लिटरको ६ पोका दही नष्ट गरिएको रानाले जानकारी दिनुभयो । 

यस्तै गणेशपुरस्थित अम्बे डेरी उद्योगमा लेवलिङ नगरिएका चार पोका डुनट नष्ट गरिएको छ । डिएसपीरोडस्थित कान्हा डेरी उद्योगमा थुप्रै अखाद्य पेय पदार्थ नष्ट गरिएको छ । म्याद गुज्रिएका कोकाकोला, फ्याण्टा, ४ प्याकेट ब्रेड लगायत बस्तु अनुगमन टोलीले नष्ट गरेको छ ।

यस्तै गुणस्तर विश्लेषणका लागि जनता डुग्ध डेरीबाट पनिर, अम्बेबाट घ्यु र रियासत डेरी पसल डिएसपी रोडबाट दुधको नमुना ल्याइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले बताउनुभयो । 

खजुरारोडस्थित खनाल डेरीमा पनि केही दुग्धजन्य बस्तु लेवलिङ नगरेको पाइएको छ । अनुगमनका क्रममा उद्योग÷पसल संचालकहरुलाई सचेत बनाइएको छ ।

उपप्रमुख राईले उपभोक्ताको असल स्वास्थ्यका लागि खाद्य बस्तुहरुको निरन्तर अनुगमन गरिरहेको बताउनुभयो । राईले पछिल्लो समय डेरी पसलहरुको गुनासो बढेपछि निगरानी बढाइएको जानकारी दिनुभयो । 

अनुगमन टोलीमा उपप्रमुख राई, कार्यपालिका सदस्य वसन्त कनौजिया, नेपालगन्ज उपमहानगरपालिकाका अनुगमन शाखा प्रमुख राना, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका निमित्त प्रमुख अमित भूषण सुमन, खाद्य अनुसन्धान अधिकृत बुढाथोकी, जिल्ला प्रशासन कार्यालयका बेदेश्वर गौतम लगायत सहभागी हुनुहुन्थ्यो ।
––––
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…