Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

मिथिलामा छठपछि सनेसको चटारो

सम्वाददाता

सम्वाददाता

मिथिलामा छठपछि सनेसको चटारो
ADVERTISEMENT

महोत्तरी, १० मङ्सिर : छठपर्व सकिएको एक साता हुनै लागेको छ । पर्व सकिए पनि मधेसको प्राचीन मिथिला क्षेत्रमा अझै छठको ‘सनेस’ ९कोसेली०को मौसम कायमै छ । छठ मनाइएका सबैजसो घरमा सनेसका रुपमा ‘ठकुवा’ ९छठको मुख्य प्रसाद मानिने गहुँको पिठो र सख्खर मुछेर बनाइने मिष्ठान्न परिकार० पाकिरहेका छन् । 

छठ सकिएसँगै मिथिलाका गृहिणीलाई  सनेसका लागि ठकुवा पकाउने र आफन्त कहाँ पठाउने चटारो सुरु हुन्छ । पर्वको सनेस विवाहित छोरीचेली, इष्टमित्र, मित÷मितिनी र आफन्तलाई पठाउने पुरानो स्थापित परम्परा हो । अहिले मिथिलानी ९मिथिलाका नारी०लाई ठकुवा, भुसुवासहितका परिकार पकाउन र सम्बन्धित कहाँ पठाउन भ्याइनभ्याइ छ । 

 “धान थन्क्याएर सकिएको छैन, हिउँदे बाली लगाउने चटारो पनि छ, तर अहिले यी कामका बीच नै छठको ‘सनेस’ पकाउने र पठाउनु पर्दा भ्याइनभ्याइ छ”, महोत्तरीको बर्दिबास–१२ विजलपुराकी गीतादेवी महतो भन्नुहुन्छ, “छोरीको घरमा त पठाइयो, अब फुपू र मितकहाँ पठाउन बाँकी छ ।”

मिथिलामा छठ र तीलासक्रायत ९माघेसङ्क्रान्ति० पर्वको ‘सनेस’ कुटुम्बजन, मित÷मितिनी र अत्यन्त नजिकी इष्टमित्र कहाँ पठाउने आम परम्परा छ । छठ सकिएलगत्तै पठाइने सनेसमा ठकुवा, भुसुवा, पिरुकिया र केरा हुने गर्छ । यसरी पठाइने सनेस छठ नमनाइने परिवारमा पर्व सकिएलगत्तै र अन्य कहाँ एक÷दुई सातासम्म लगाएर पठाउने चलन छ । पकाउने काम गृहिणीको भए पनि सनेस पु¥याउन भने बाबु, काका, दाजुभाइ जाने गर्छन् । यसरी पठाइने सनेसमा छठमा सूर्यदेवलाई अघ्र्य दिँदा देखाइएको प्रसाद सामग्री मिसाइएको हुन्छ । 

“यो परम्परा कोसेलीमात्रको नभएर मुख्य चाडबाडपछि आपसी भेटघाटको अवसर पनि हो”, बर्दिबास–१३ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत यादव भन्नुहुन्छ, “यसमा आशिष पु¥याउने र सम्बन्धको प्रगाढता पनि जोडिएको हुन्छ ।” यो चलन सांस्कृतिक, सामाजिक र पारिवारिक सौन्दर्य पनि रहेको यादवको भनाइ छ ।

मिथिलामा छठ र तिलासक्रायत पर्व सकिएलगत्तै ‘सनेस’ को नाउँमा भेटघाटको निरन्तरता केही दिन चल्ने गर्छ । पर्वको ‘सनेस’ पुग्न ढिलो हुँदा त खासगरी छोरीचेली र मित÷मितिनीले बिर्सेकी भन्ने खुल्दुली नै लाग्ने गरेको पाका मैथिल बताउँछन् । समयक्रमले अचेल कामको विविधता बढ्दै जाँदा पहिलेपहिले जस्तो घरपरिवेशको झैँ गृहस्थ जीवन फेरिएको छ । कामका लागि टाढाटाढा जानुपर्दा पर्व सकिएलगत्तै युवापुस्ता घरमा नहुँदा सकीनसकी यो परम्परा बुढापाकाले धान्नुपरेको औरही नगरपालिका–७ का ७० वर्षीय मोहन महतो बताउनुहुन्छ ।

पर्व सकिएलगत्तै युवापुस्ता आ–आफ्ना जिम्मेवारीमा फर्किएपछि ‘सनेस’ पु¥याउने जिम्मेवारी आफ्नो नछुटेको भङ्गाहा–४ थारुटोल बनराका ७२ वर्षीय रामधारी सिंह थारुको भनाइ छ । 

“पर्व सकिएलगत्तै तीन जना छोराहरु काममा गए”, भङ्गाहा–४ थारुटोल बनराका ७२ वर्षीय रामधारी सिंह थारुले भन्नुभयो,“सनेस लिएर मै जानुपर्ने हुन्छ ।” यो परम्परा कामको चापले बिस्तार हराउँदै जाने हो कि भन्नेमा उहाँ चिन्तित हुनुहुन्छ । “घरगृहस्थीमा युवापुस्ता छैनन्, सबैजसो काममा बाहिर ९अन्यत्र० जान्छन्, अब भन्नोस् न, हामीपछि यो के थेगिएला रु”, थारु भन्नुहुन्छ ।   

“पवनी ९पर्व० सकिएकै दिन सानो छोराले सनेस छोरीकहाँ पु¥याएर आयो”, ठकुवा पकाउन र भुसुवा बटार्न व्यस्त रहनुभएकी गौशाला–१० की शीलवती महतो भन्नुहुन्छ, “अब नन्द र साथीको घरमा जान बाँकी छ, त्यसैमा लागेकी छु ।” पर्वमा घरका परिवारजन, छिमेकी र आफन्तहरुलाई समेत खुवाइने यी परिकार यसपालि मङ्सिरभरि नै  खाजा खाइने उहाँको भनाइ छ ।

खासगरी अब जाडो बढ्दै जाँदा सख्खर, घिउ र गहुँको पिठोबाट बन्ने परिकार खाँदा शरीर तात्ने, चिसोका विकार ठीक हुने र काममा पूmर्ति आउने मैथिल जनविश्वास छ । यसै विश्वासको परम्पराले पनि बढ्दो जाडोबीच ठकुवा, भुसुवा खाने, खुवाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेको भङ्गाहा नगरपालिकाका उपप्रमुख शान्तिसिंह थारुको भनाइ छ । 

अहिले यस क्षेत्रमा आफ्नो सावगासअनुसार सबैजसो घरमा ठकुवा, भुसुवा बनाउन लागेका छन् । सनेस पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा यो परिकार परेपछि मिथिलामा छठ सकिएका केही दिनसम्म ठकुवा, भुसुवाको मौसम हुने गरेको यहाँका बुढापाका बताउँछन् ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…