Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बर्दियाको बढैयातालमा शसक्त बालिका परियोजना सञ्चालन

सम्वाददाता

सम्वाददाता

बर्दियाको बढैयातालमा शसक्त बालिका परियोजना सञ्चालन
ADVERTISEMENT

नेपालगन्ज, ८ मंसिर । बर्दियाको बढैयाताल गाउँपालिकामा शसक्त बालिका परियोजनाको किक अफ मिटिंग सम्पन्न भएको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको शसक्त बालिका परियोजनाको बारेमा सरोकारवाला निकायलाई बिस्तृत रुपमा जानकारी गराउनका लागि किक अफ मिटिंगको आयोजना गरिएको क्लबले जनाएको छ । 

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा आयोजना गरिएको सो बैठकमा पालिकाका अध्यक्ष हिमालय त्रिपाठी प्रमुख अतिथि रहनु भएको थियो भने सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा शाखा, स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखाका प्रमुखहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । 

सो बैठकमा परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाको लक्ष्य, उदेश्य, नतिजा तथा क्रियाक्लापहरुका साथसाथै क्लबका गतिविधिहरुका बारेमा पनि विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । 

सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष त्रिपाठीले शसक्त बालिका परियोजनाले यहाँका बालिकाहरुको चौतर्फी विकासमा ठुलो टेवा पुरयाउने विश्वास रहेको जनाउँदै पालिकाले परियोजना सफल पार्न हरेक प्रकारको सहयोग गर्ने बताउनुभयो । पलिकाका उपाध्यक्ष अधिकारीले परियोजनाले निर्धारण गरेका उदेश्य, लक्ष्य र कार्यक्रम समय सान्र्र्दभिक र बालिका तथा किशोरीको हितमा रहेकोले ती उदेश्य र लक्ष्य प्राप्तीका लागि पालिकाले पनि सहयोग र समर्थन गर्ने प्रतिवद्धता जनाउनुभयो । 

बैठककोे सञ्चालन परियोजनाका अधिकृत ईश्वर विकले गर्नु भएको थियो भने सहभागि अधिकांशले यो परियोजनाले बालिका र किशोरीका सवाललाई सम्बोधन गर्ने प्रतिक्रिया दिनु भएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…