Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

छठ पूजामा माटाको भाँडा बिक्री बढ्यो

सम्वाददाता

सम्वाददाता

छठ पूजामा माटाको भाँडा बिक्री बढ्यो
ADVERTISEMENT

नेपालगन्ज, ३ मङ्सिर : ब्रतालुले छठपर्व मनाउन नेपालगञ्जको बागेश्वरी मन्दिरस्थित तालको सरसफाइ गरी आफ्ना लागि पूजास्थल सुरक्षित गरिसकेका छन् । घाटको सरसफाइ, सजावट गरी झकिझकाउ बनाइएको छ ।  

छठ पर्वमा माटोका भाँडाको माग अत्याधिक बढेको छ । यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ । सीमावर्ती बजारमा भारतीय माटाका भाँडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको हो । 

नेपालगञ्जको फुल्टेक्रा, एमपीस्कुलरोड, रानीतलाउ, रामनगर, बुलबुलिया, लोधइगाउँ, पुरैनी गाउँ तथा टोलका कुमाल समुदायले माटोका विभिन्न भाँडा तयार गरेर बिक्री गर्दै आएका छन् । यस्ता पर्वमा भाँडा माटोकै प्रयोग गरिने प्रचलनले तिहार र छठ पर्वमा माटाका भाँडा बनाउने कुमाले जातिको पेसा फस्टाएको व्यापारी बताउँछन् । छठका लागि माटोका दियो, चौमुखे दीप, पाला, भुर्का भुर्की, जातो, माटोको हात्ती, ढकनालगायतका भाँडाको बिक्री बढेको अवधि सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष विष्णुलाल कुमालले बताउनुभयो । 

उहाँका अनुसार अहिले तिहार र छठ पर्वमा पूजापाठ गर्नका लागि माटोको भाँडाको बिक्रीवितरण बढ्छ भने छठपर्व पछि आउने कार्तिक पूर्णमासी मेलाका लागि बालबालिकालाई खेल्नका लागि विभिन्न माटाका खेलौनासमेत तयार गरिन्छ । अहिले चाडपर्वका बेला माटाका भाँडाको राम्रो व्यापार हुने गर्दछ । 

नेपालगञ्ज–६ का आशाराम कुमालले माटोका भाँडा बिक्री गर्दै भन्नुभयो, “पहिले हाम्रो गुजाराको पेसा नै यही थियो, अब प्लास्टिक र अन्य स्टिलका भाँडाको प्रयोग बढेपछि हाम्रो पेसा न सङ्कटमा पर्न थालेको छ ।” चाडपर्वमा कलश, गमला, दियोलगायतका माटोका भाँडा बढी बिक्रीवितरण हुने गरेकामा सबैभन्दा बढी तिहारमा माटोको दियो र छठमा विभिन्न कलात्मक भाँडा बिक्री हुने गरेको आशाराम कुमालले बताउनुभयो । उहाँका अनुसार वर्षभरि रित्तो हात बस्ने र यो यामको समयमा मात्रै थोरबहुत आम्दानी हुने गर्दछ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…