Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी

सम्वाददाता

सम्वाददाता

त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी
ADVERTISEMENT

जाजरकोट, २ मङ्सिर : भेरी नगरपालिका–१ घुयलनेटाकी देउमा रानाको घर भूकम्पले तहसनहस भयो । उहाँकी छोरी घाइते हुनुभयो । प्रदेश अस्पतालमा उपचार गरेर बल्ल छोरी फर्किनुभएको छ । आमा र छोरीसँगै सुतेको समयमा भूकम्प गएको थियो । भूकम्पबाट आमालाई केही नभए पनि छोरी एकमाया राना घाइते हुनुभयो । घाइते भएकी छोरीलाई अहिले पनि हिँड्दा भूकम्प आएझैँ हुने गरेको छ । 

आमा देउमा भग्नावशेषमा परिणत भएको घरभित्र रहेका मालसमान निकाल्न लाग्नुभएको छ । घरभित्र भएका कुनै पनि सामान देउमाले सग्लो पाउनुभएको छैन । अहिले उहाँको १० जनाको परिवार स्थानीय विद्यालयको चौरमा त्रिपाल टाँगेर बसिरहेको छ । संयोगले भूकम्प गएको समयमा देउमाका छोरा नवीनसहित अन्य घरका आफन्त छिमेकी गाउँ मैदेमा तिहारको लागि रोटी तयार गर्नका लागि गएका गएको थिए । 

घरमा आमा, छोरीमात्र भएको समयमा आएको भूकम्पले छोरीलाई घाइते बनायो भने आमाले छोरीलाई उद्धार गर्न सफल भएको बताउनुभयो । त्यस्तै छिमेकी कर्णबहादुर रानाले दाइ नै गुमाउनुपर्‍यो । माटाले निर्माण गरेका कच्ची घरमा सुतेको कर्णका दाइ रवीन्द्र ९गाउँमा बोलाउने नाम० बोल्न नपाइ भूकम्पको झड्कामै ज्यान गएको थियो । 

अहिले घुयलनेटाको पूरै गाउँ शोकमा रहेको छ । घाइते भएका र मृतकका आफन्त अहिले पनि सामूहिकरुपमा त्रिपालमा बसेका छन् । भूकम्प नआए पनि उनीहरुको मनमा धेरै पटक भूकम्प गएझैँ हुने गरेको छ । यो सदरमुकामभित्रको पालिका भए पनि अति दुर्गम बस्तीभित्र पर्दछ । जनयुद्धकालमा समेत यहाँको बस्तीमा धेरै पटक बमबाढी गरिएको थियो ।

पटकपटक पीडा खप्दै आएको यो गाउँ फेरि पनि भूकम्पको मारमा परेको छ । डाँडामाथिको बसाइका कारण बालबालिकामा आँखा पाक्ने रोगसमेत देखा पर्न थालेको स्थानीय कलिमान रानाले बताउनुभयो । 

भेरी नगरपालिका–४ खलङ्गास्थित कस्तुरी बोर्डिङ स्कुलको प्राङ्गणमा त्रिपालमा एक सातादेखि बसिरहेकी १८ दिनकी सुत्केरी विमला तिरुवा त्रिपालमा दैनिकी चलिरहेको छ । चिसो र आवश्यक स्याहारसुसार नहुँदा आमाका साथै बच्चा पनि बिरामी रहेका छन् । त्रिपालको चिसोले आमा र नवजात शिशु दुवैका मुख, आँखा, हात खुट्टा सुनिएको छ । 

कुशे गाउँपालिका–९ निवासी १८ वर्षीय उनी सदरमुकामस्थित गोरख तिरुवा सदरमुकाममा भाडामा बस्दै आएको समयमा भूकम्पले घर भत्किएपछि अहिले त्रिपालमै सहारामा खुला चौरमा रहनुभएको छ । 

भूकम्प जानुभन्दा तीन अघि सुत्केरी हुनुभएकी उहाँ दैवले हात थाम्दा बाँचेको बताउनुहुन्छ । श्रीमान् वीरेन्द्र ज्याला मजदूरी गरेर परिवारको समस्य समाधान गर्दै आउनुभएको उहाँको भनाइ छ । भूकम्प गएदेखि त्रिपालको सहारामा रहेको यो परिवारले नयाँ भाडामा बस्नका लागि घर पाएको छैन । पाँच जनाको परिवारलाई कामै गरेर जीवन धानिरहेको यो परिवार अहिले कामविहीन मात्र होइन, घरमा खाने कुरा नभएर हैरानमा रहेको छ । त्रिपालकै सहारामा बसिरहेको अर्को हेमन्त जंग सिंहको परिवारलाई त्यस्तै खालको समस्य रहेको छ । एउटा त्रिपालभित्र सबै परिवारका सदस्य बस्दा दैनिक समस्य हुँदै आएको छ । साना नानी, बाबु त्रिपालभित्र बिरामी भएका छन् भने ठूलालाई समेत बस्न मुस्किल परिरहेको छ । 

भेरी नगरपालिका–१ डिँगा कि २१ वर्षीया पुष्पा सिंहको दुई महिना अगाडि मात्र निर्माण गरेको घर भूकम्पले भत्किएपछि त्रिपालमा बस्दै आउनुभएको छ । दुई महिनाको छोरासहित बस्दै आएकी उहाँको दैनिकी पनि समस्याले गाजेको छ । छोरीलाई आँखा पाक्ने रोगले हैरान बनाएको छ । 

पुष्पाले भन्नुभयो, “अरु नदेखिने समस्य त के हामीलाई थाहा छैन ।” धन्न घर भत्किँदा बाचेको जिन्दगी त्रिपालको सहारामा कसरी बाँच्ने सङ्र्घष सुरु भएको उहाँको बताउनुभयो । “त्रिपालबाट पनि शीत चुहिन्छ । जसका कारण छोरी बिरामी परेकी हो । न खाने अन्न छ न जीउ ढाक्ने कपडा नै । घर भत्किएर लत्ताकपडा र खाद्यान्न सबै पुरियो अब के खाएर बाँच्ने रु,” उहाँले भन्नुभयो, “राहतका नाममा अहिलेसम्म एक सरो त्रिपालबाहेक केही पाएका छनौँ । चिसो र भोकले मर्ने बेला भो ।”

त्रिपालमा बसेका धेरै सुत्केरी र बालबालिकामा रुघाखोकी ज्वरो, निमोनियालगायत समस्या देखिन थालेको नलगाड नगरपालिका–१ पालीकी कल्पना विकले बताउनुभयो । उहाँले सुत्केरी, गर्भवती र बालबालिकालाई पोषिलो खानेकुराको कमी भएको बताउनुभयो । 

“जाजरकोटका ९५ प्रतिशत मानिस घरबाहिर छन् । शौचालय भत्किएका छन् । पोषणको अभाव छ । सुत्केरी, गर्भवती, वृद्धवृद्धा र बालबालिका बिरामी पर्न थालेका छन् उपचारको व्यवस्था हुन नसकेको छैन । शौचालय नहुँदा बस्ती नजिक खुला ठाउँमा शौच गर्न थालिएको छ । धेरै मानिस मानसिकरूपमा डराइरहेको अवस्था छ,” नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले भन्नुभयो । प्रमुख रावतले गर्भवती र सुत्केरीलाई तत्काल पोषिला खानेकुरा दिएर रोग प्रतिरक्षा शक्ति बढाउनु अवस्था रहेको बताउनुभयो । स्वास्थ्य संस्थामा पनि स्वास्थ्यकर्मी र औषधिको व्यवस्थाका लागि पहल भइरहेको उहाँको भनाइ छ ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा प्रतीक्षा भारतीले चिसोले धेरै बालबालिका बिरामी पर्न थालेको बताउँदै उपचारको व्यवस्था मिलाउन सम्बन्धित पालिका र स्वास्थ्य संस्थालाई आग्रह गरिएको बताउनुभयो । पालिकाका स्वास्थ्य संस्थासमेत त्रिपालमा सञ्चालन भएकाले सबैलाई एकैपटक उपचार गर्न सम्भव नहुने देखिएको छ । 

नलगाडको नगर अस्पताल त्रिपालमा चलिरहेको छ । बिरामीलाई भर्नादेखि सबै काम त्रिपालबाट भइरहेको छ । त्यस्तै बारेकोटको लिम्सास्थित १० श्ययाको अस्पतालसमेत त्रिपालमा चलिरहेको छ । जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा स्वास्थ्य संस्थामा क्षीत पुगेको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

यो पनि

बाँकेमा हिट एक्सन डे मनाइयो

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…