Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

धार्मिक पर्यटकिय स्थल गोवर्धनधामको प्रबद्र्धन

सम्वाददाता

सम्वाददाता

धार्मिक पर्यटकिय स्थल गोवर्धनधामको प्रबद्र्धन
ADVERTISEMENT

नेपालगन्ज, १ मङ्सिर  ः बाँकेको राप्तीपारी क्षेत्रमा पर्ने नरैनापुरस्थित धार्मिक पर्यटकीय स्थल गोवर्धनधामलाई प्रचार प्रसार तथा संरक्षणको पहल थालिएको छ । 

नरैनापुर गाउँपालिका वार्ड नंं. ४ स्थित गोवर्धनधामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा प्रवर्धन गर्नका लागि यस वर्ष तिहारमा विशेष पुजापाठ, भजन किर्तन र भण्डारा गरिएको छ । 

विश्व हिन्दु परिषद नरैनापुरले सो धार्मिक स्थलको संरक्षण सम्वद्र्धन गर्नका लागि पहल शुरु गरेको परिषदका सदस्य अधिबक्ता रामकुमार दिक्षितले बताउनुभयो । 

उहाँका अनुसार ऐतिहासिक र धार्मिक पर्यटकीय क्षेत्र गोवर्धन धाममा परापूर्वकालदेखि हरेक वर्ष गोवर्धन पूजाको अघिल्लो दिनदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना हुँदै आएपनि बाहिर त्यति प्रचार प्रसार नभएकाले यस वर्षदेखि अलि फरक किसिमको धार्मिक कार्यक्रम संचालन गरिएको छ । 

गोवर्धन धाममा रातभर जाग्राम भएर पूजा हुने, भजन कृतन र गोवर्धन पूजाका दिन गोवर्धनको पूजागरी बृहत् भण्डारा गरिएको छ । पूजाआजा गर्न तथा भण्डारामा बाँके, बर्दिया, दाङ तथा भारतको सीमावर्ती गाउँका सैयौ दर्शनार्थीहरु आउने गरेको परिषदका सदस्य दीक्षितले बताउनुभयो । 

अति रमणीय, सुन्दर अनि मनमोहक दृश्यले भरिपूर्ण सो गोवर्धनधाम क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरेर आन्तरिक तथा बाह्य दर्शनार्थी तथा पर्यटकलाई ल्याउन सकिए स्थानीयको आयस्रोतमा पनि वृद्धि हुने र ठाउँको पनि पहिचान हुने दीक्षितले बताउनुभयो । 

नेपालगञ्जदेखि करिब ४० किलोमिटर पूर्व नरैनापुरको वडा नं. ४ जयरामपुरुवाबाट उत्तर पाँच किलोमिटर जङ्गलभित्र गोवर्धनधामको मन्दिर रहेको छ । गोवर्धनधाम क्षेत्रको पूर्वमा धार्मिक पर्यटकीय स्थल बर्फानी बाबाको आश्रम र पश्चिममा प्रसिद्ध सन्तानेश्वर मन्दिर रहेको छ । 

नरैनापुर क्षेत्रको पहाडी भूभाग र राप्ती नदी किनारक्षेत्रमा विभिन्न मठमन्दिर रहेका छन् । त्यस जङ्गल क्षेत्रमा हिन्दु तथा मुस्लिम आस्थाको केन्द्रका रुपमा धेरै पुराना पुराना धार्मिकस्थल, मठमन्दिर, समाधी, मजारहरु रहेकाले त्यसको संरक्षण तथा सम्वद्र्धनमा सरकारको ध्यानाकर्षण गराउन पहल थालिएको छ । 
–––
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…