Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भुकम्पबाट निधन भएकाको १३ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जलि

सम्वाददाता

सम्वाददाता

भुकम्पबाट निधन भएकाको १३ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जलि
ADVERTISEMENT

नेपालगन्ज, कात्तिक ३० गते । भूकम्पपीडित सहजीकरण समूह नेपालगन्जले जाजरकोट तथा रुकुम पश्चिम्ममा गत कात्तिक १७ गते गएको विनाशकारी भुकम्पबाट निधन भएकाहरुको १३ औं दिनको पुण्यतिथिमा आज दीप प्रज्वलन तथा श्रद्धाञ्जलि कार्यक्रम गरेको छ । 

भूकम्पमा परेर मृत्यु भएकाहरुको १३ औं दिनको सम्झनामा सहजीकरण समूहले नेपालगन्जको वीपी चोकमा दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा राष्ट्रिय सभाका सदस्य भैरवसुन्दर श्रेष्ठ तथा सङ्घीय सांसद दीपा शर्मा रुपाखेतीले श्रद्धाञ्जली मन्तब्य ब्यक्त गर्दै नेपालका लागि यो घट्ना निकै दुःखदायी रहेको बताउनुभयो । बाँचेका पीडितलाई राहत र घरहरु पुनर्निर्माणमा तीव्रता ल्याउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा भूकम्पबाट प्रभावित क्षेत्रको कुशेगाउँ पालिकाका उपाध्यक्ष देविका सिंह, गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय सदस्य तथा बासका कार्यकारी निर्देशक नमस्कार शाह, गायक सुनिलसिंह ठकुरीले पनि श्रद्धाञ्जलि मन्तब्य ब्यक्त गर्नुभयो ।  सो अवसरमा प्राध्यापक डा। जनार्दन आचार्य, शिक्षाविद् किरण आचार्य, ओमजङ्ग शाह, धर्मजङ्ग शाह, पूस्व डिएसपिद्वय गणेश विक्रम शाह र श्यामजङ्ग शाह, आशा शाह, अर्जुनजङ्ग शाह, सामाजिक अभियन्ता मीन मल्ल, हेमन्तराज काफ्लेलगायतको उपस्थिति थियो । 

बाँके जिल्लाको डेडिकेटेड भेरी अस्पतालद्वारा घाइतेहरुलाई प्रभावकारी उपचार  प्रदान गर्ने ब्यवस्था गरिदिएकोमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई सो कार्यक्रममा विशेष धन्यबाद तथा आभार ब्यक्त गरिएको थियो ।

छिमेकी देश भारतबाट स्थानीयस्तरमा सङ्कलन गरी पठाइएको १० ट्रक राहत सामग्रीलाई बाँके जिल्लाको ब्यवस्थापनमा जाजरकोट र रुकुमपश्चिमतर्फ पठाइएको पनि सोही कार्यक्रममा सहजीकरण समूहका संयोजक कृष्णजङ्ग शाहले जानकारी गराउनुभयो ।  

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…