Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

होमस्टेमा थारु परिकारले स्वागत

सम्वाददाता

सम्वाददाता

होमस्टेमा थारु परिकारले स्वागत
ADVERTISEMENT

नेपालगन्ज, ३० कात्तिक : ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक घरवास ९होमस्टे०को थारु परिकार र आतिथ्यताले पाहुना लोभिने गरेका छन् ।

बाँकेको बैजनाथ–१ स्थित गाभर भ्याली सामुदायिक होमस्टे, च्यामा होमस्टे र राप्ती सोनारी–८ स्थित नयाँगाउँ होमस्टेमा पुग्ने पाहुनालाई थारु परिकार र संस्कारले स्वागत गर्ने गरिएको छ । 

थारु संस्कृतिसँगै परिकारहरू ढिक्री, गँगटा, घुँगी, माछालगायत परिकारले यतिबेला पाहुनालाई स्वागत गर्ने गरिएको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो । 

“अहिले दसैं, तिहारलगायत चाडपर्वका अवसरमा हामीले थारु संस्कृतिसँगै परिकारले पाहुनालाई स्वागत गरिरहेका छौँ,” कृष्णले भन्नुभयो, “तिहार बिदामा घुम्न आउनुभएका पाहुनालाई थारु परिकारसँगै यतिबेला उहाँको चाहनाअनुसार स्थानीय कुखुरा, हाँस र परेवाको परिकार पनि उपलब्ध गराएको छौँ ।”

होमस्टेमा पहिलोपटक पुग्ने पाहुनालाई पुनः जाउँजाँउ लाग्ने बनाउन होमस्टे सञ्चालकहरू जुटेका छन् । थारु संस्कारमै गरिएको स्वागत, सत्कार र फरक स्वादसहितको मीठो परिकारले पाहुना खुसी हुने गरेको नयाँगाउँ होमस्टेका सञ्चालक सदस्य शोभी थारुले बताउनुभयो ।

दसैं, तिहार मनाउन गाउँ फर्केका आन्तरिक पर्यटकहरू होमस्टेमा आउने गरेको राप्ती सोनारी–८ स्थित नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारुले बताउनुभयो । बाँके निकुञ्ज घुम्न आउने पर्यटकहरू अहिले होमस्टेको स्वाद लिन आफूकहाँ आउने गरेको उहाँको भनाइ छ ।

छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ ।–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…