Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जको एक बोरा गोदाममा भिषण आगलागी

सम्वाददाता

सम्वाददाता

नेपालगन्जको एक बोरा गोदाममा भिषण आगलागी
ADVERTISEMENT

नेपालगन्ज २९ कात्तिक  नेपालगन्जको एक बोरा गोदाममा भिषण आगलागी भएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं. १ धम्बोझीस्थित एस के टेडिङ्गको बोरा गोदाममा गएराती आगलागी भएको हो । 

राती करिब १२ बजेतिर लागेको आगो आज विहान मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरिक्षक नारायण डाँगीले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पुर्ण बोरालगायतका सामाग्री जलेर नष्ट भएको छ । 

आगलागीबाट करिब रु ४० लाख बराबरको क्षति भएको एस के टे«डिङ्गका सञ्चालक सुरेशकुमार शाहले बताउनुभयो । उहाँका अनुसार गोदामभित्र रहेको ५० हजार ठुलो बोरा, ४५ हजार थान जुटको बोरा, ५० हजार कट्टा बोरा, केही प्लाष्टिक बोरी र काठ जलेर नष्ट भएको छ । 

विद्युतको विजुली तार सर्ट भएर आगलागी भएको प्रहरी प्रबक्ता डाँगीले बताउनुभयो । दुई वटा बारुण यन्त्र, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

नेपालगन्जमा रहेको गोदामबाट नेपालका महेन्द्रनगर, धनगढी, राजापुर र पहाडी जिल्लाका लागि थोक दरमा गल्ला भर्नका लागि बोरा विक्री गर्ने गरिएको सञ्चालक शाहले बताउनुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…