Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

खोज,उद्दार, उपचार र राहतका लागि अनुरोध

डेक्स

डेक्स

खोज,उद्दार, उपचार र राहतका लागि अनुरोध
ADVERTISEMENT

नेपालगञ्ज ।   जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले आज विभिन्न विषयमा निर्णय लिएको छ ।  
जाजरकोटलाई केन्दविन्दु बनाएर गएको भुकम्पवाट भएको मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राख्दै जिल्लावाट आवश्यक प्रतिकार्यकालागि सवै संयन्त्रलाई क्रियाशिल बनाउने समितिले निर्णय गरेको छ । 
भुकम्पवाट प्रभावित क्षेत्र तथा मानविय सहयोगकालागि अस्पताल समन्वयकालागि स्वास्थ्य कार्यालय बाँकका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ र समन्वय तथा राहत व्यवस्थापनका लागि प्रशासकिय अधिकृत राम कुमार सोनकर र सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीलाई फोकल पर्सन तोकेको छ । जाजरकोट तथा पश्चिम रुकुममा ठुलो मात्रामा जनधनको क्षति भएको जानकारी प्राप्त  भएपश्चात थप खोज तथा उद्दार, उपचार, राहतकालागि सवैलाई अनुरोध गर्ने निर्णय भएको सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । 
यसका साथै राझा विमानस्थलमा रहेको मानविय सहायता कक्षमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको राहत भण्डारण गरि परिचालन गर्ने निर्णय समेत भएको उल्लेख गर्दै ज्ञवालीले नेपालगञ्ज उपमहानगरपालिकाको तर्फवाट तत्काल राहत स्वरुप रु ४ लाख बरावरको खाद्यान्न र त्रिपाल, झुल, पिफर्म लगायत १०० जना परिवारकोलागि पुग्ने  सामाग्री साथै मेडिकल टिम परिचालन गरिने जनाएको छ । 
कोहलपुर नगरपालिकाको तर्फवाट तत्काल राहत स्वरुप रु २ लाख,राप्ती सोनारी गाँउपालिकाको तर्फवाट रु १ लाख वरावरको औषधि सामाग्री र रु ५० हजार बरावरको खाद्यान्न र १ जना चिकित्सक सहितको टिम, २० थान कम्मल र २० थान त्रिपाल सहयोग गर्ने र खजुरा गाँउपालिकाको तर्फवाट रु ३ लाख बरावरको औषधि सहयोग गने समेत निर्णय भएको ज्ञवालीले जानकारी दिनुभयो । 
नेपाल रेडक्रस सोसाइटी बाँकेको समन्वयमा केन्द्रिय कार्यालय मार्फत जाजरकोट र पश्चिम रुकुममा ६०० थान कम्मल त्रिपाल र पिफर्म उपलव्ध गराउने, जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको तर्फवाट तत्कालै १० थान टेन्ट, ५० थान त्रिपाल, ५० थान कम्मल उपलव्ध गराउने छ  , केमिकल एण्ड मेडिकल एसोसेसन सप्लायर्स सर्जिकल प्रालिवाट ३५० केजि चिउरा र ९०० प्याकेट चाउचाउ उपलव्ध गराउने निर्णय गरेको समेत भएको छ ।
नेपालगंज ग्रिन सिटिका तर्फवाट २५ बोरा चामल, चिउरा २०० केजि , ४०पेटी चाउचाउ र बाँके युनेस्को क्लवबाट भेरी अस्पतालका घाइते विरामीकालागि अन्जली माता रसोइ मार्फत ८० जनालाई निशुल्क रुपमा खाना सहयोग गर्ने बताइएको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…