Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

मुर्ति विसर्जनमा सुरक्षा व्यवस्था कडा

डेक्स

डेक्स

मुर्ति विसर्जनमा सुरक्षा व्यवस्था कडा
ADVERTISEMENT

नेपालगन्ज, ८ कार्तिक : दुर्गा भवानीको मूर्ति (प्रतिमा) विसर्जनको कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ । 

मुर्ती विसर्जनलाई सभ्य र भव्य बनाउन नेपालगन्जको सुरक्षा व्यवस्थालाई कडा पारिएको र त्यसका लागि जिल्लामा करिब एक हजार पाँच सय सुरक्षाकर्मी तैनाथ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । 

उहाँले सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका ३१ स्थान स्थानहरुमा विशेष फोकस गरेर बढी सतर्कता अपनाइएको भन्दै ती स्थानमा गत १२ घण्टा अगाडिबाटै सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको बताउनुभयो । 

मुर्ती विसर्जनलाई भव्य तरिकाले सम्पन्न गर्न समयसीमा पनि निर्धारण गरिएको छ । समयसीमाका बारेमा सम्बन्धित सबै पक्षलाई यस अघि  नै जानकारी गराइसकिएको छ । सुरक्षालाई थप चुस्त दुरुस्त बनाउन नेपाल भारत नाकामा पनि विशेष सतर्कता अपनाइएको जनाइएको छ । 

भारतबाट आउने भारतीय परिचय पत्र भएका नागरिकलाई आवश्यक कामबाहेक आज एकदिनका लागि आउन कडाइ गरिएको छ । जिल्लाको सुरक्षा व्यवस्था चुस्त पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकएक वटा कमान्ड पोस्ट स्थापना गरिएको छ भने नेपाल प्रहरीको १६ वटा मोबाइल टोलीद्वारा २४ सै घण्टा नै गस्ती गरिने व्यवस्था गरिएको छ । 

दुई जना प्रहरी निरीक्षकको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिएको र आकस्मिक उद्धार र मद्दतका लागि १० वटा क्विक रेस्पोन्स टिम स्ट्यान्ड बाई रहने व्यवस्था गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । 

सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै जिल्लामा नागरिकहरूलाई सुरक्षा प्रदान गर्नका लागि नेपाल प्रहरीका एक हजार १३ जना र सशस्त्र प्रहरीका ४९५ जना गरी कुल एक हजार ५०८ सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाँकेले जनाएको छ । 

अहिले मुर्ती विसर्जन गरि यहाँको राप्तीनदीतर्फ सेलाउनका लागि लगिएको छ । 
–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…