Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेका ३१ स्थान संबेदनशिल, सुरक्षा सर्तकता

डेक्स

डेक्स

बाँकेका ३१ स्थान संबेदनशिल, सुरक्षा सर्तकता
ADVERTISEMENT

 बाँकेका ३१ वटा स्थान सुरक्षाका दृष्टिकोणले संवेदनशील रहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले चाडपर्वलक्षित विशेष सुरक्षा योजनाको मुख्य रणनीतिक पक्षहरू सार्वजनिक गरि जनाएको छ ।

जिल्लामा चाडपर्वलक्षित विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाभित्रका विभिन्न ३१ वटा स्थानलाई संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । 

उहाँका अनुसार सम्भावित घटना हुन नदिन जिल्लाभित्र पहिचान गरिएका यी स्थानमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ । उक्त स्थानमा २४ सै घण्टा नेपाल प्रहरीको पिकेट टोली रहनेछ । 

राजमार्ग क्षेत्रको सुरक्षा र सम्भावित उद्धारलाई फोकस गरेर सशस्त्र प्रहरीको थप २८ वटा पिकेट स्थापना गरी सुरक्षा प्रदान गरिने व्यवस्था मिलाइएको छ ।

जिल्लाको सुरक्षा व्यवस्था चुस्त पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकएक वटा कमान्ड पोस्ट स्थापना भईसकेको, नेपाल प्रहरीको १६ वटा मोबाइल टोलीद्वारा २४सै घण्टा नै गस्ती गरिने व्यवस्था गरिएको, दुई जना प्रहरी निरीक्षकको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिएको, आकस्मिक उद्वार र मद्दतका लागि १० वटा क्विक रेस्पोन्स टिम स्ट्यान्ड बाई रहने व्यवस्था गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । 

सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिने व्यवस्था गरिएको, कोहलपुर र नेपालगन्जमा जगेडा जनशक्ति तैनाथ राखिएको, यात्रुको सहजताका लागि यसअघि नै जमुनाहा नाका, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरि सकिएको प्रशासनले जनाएको छ । 

लामो दूरीका सवारी साधनमा दुई जना चालक भए नभएको तथा चालक रिफ्रेस सेन्टरजस्ता पक्षमा समेत अनुगमन गरिने व्यवस्था गरिएको छ । चाडबाड अवधिभर नियमित ट्राफिक चेकिङ जारी रहने, आर्थिक कारोबार हुने मुख्य चार स्थानमा सशस्त्र प्रहरीद्वारा नियमित गस्ती गरिने, मेला पर्व हुने मुख्य स्थानहरू सिधनियाघाट, मान खोला, रामलीला मैदानको सुरक्षा व्यवस्थामा सशस्त्र प्रहरीको गस्ती परिचालित गरिने, नगर क्षेत्रभित्रका विभिन्न धार्मिक स्थलको सशस्त्र प्रहरी बलद्वारा सघन गस्ती गरिने व्यवस्था गरिएको छ ।

मुख्य औद्योगिक तथा व्यापारिक केन्द्रमा सशस्त्र प्रहरी बलद्वारा विशेष सुरक्षा निगरानी राखिने, आतिसबाजी लगायतका अवैध विस्फोटक पदार्थको ओसारपसार तथा कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरीका ११ टोली परिचालित गरिने जनाइएको छ । 

सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै जिल्लामा नागरिकहरूलाई सुरक्षा प्रदान गर्नका लागि नेपाल प्रहरीका एक हजार १३ जना र सशस्त्र प्रहरीका चार सय ९५ जना गरी कुल एक हजार ५ सय ८ सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । 
––––
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…