Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

पर्ल परियोजनाको  समिक्षा

डेक्स

डेक्स

पर्ल परियोजनाको  समिक्षा
ADVERTISEMENT

बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको पर्ल परियोजनाको ठाकुरद्धारामा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । सो समिक्षा कार्यक्रममा परियोजनाको प्रभाव स्तरको प्रगति, सिकाइ आदानप्रदान, असल अभ्यासबारे छलफल, दिगोपन रणनीति बारे विस्तृत रुपमा छलफल गरिएको थियो । 

कार्यक्रममा परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाले आफ्नो उदेश्य प्राप्तीका लागि गरेका प्रयाससंगै त्यसको प्रभाव र चुनौतीहरुका बारेमा विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । 

परियोजना संयोजकले साझा गर्नु भएको जानकारी र परियोजनाका विविध पक्षहरुमा प्लान नेपाल इन्टरनेसनलका क्षेत्रीय प्रबन्धक मीना पराजुली, प्राविधिक सल्लाहकार प्रतिमा कुवर, सञ्चार प्रबन्धक निशा अधिकारी, मर्ल विशेषज्ञ दीपा सिंह, बित्तिय शाखाका रोसनी नेपाली र रमेश क्षेत्री, कार्यक्रम संयोजक गोमा ओली चौधरी लगायतले विभिन्न सुझाव सल्लाह दिनु भएको थियो । 

सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले परियोजनाले गर्दा बालविवाह रोक्न ठुलो सहयोग मिलेको जनाउँदै निकै प्रभावकारी कार्यान्वयन गरिएको बताउनुभयो । 

कार्यक्रममा क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, बित्तिय तथा प्रशासन प्रमुख वेद प्रकाश शर्मा, कार्यक्रम संयोजक महेश नेपाली र बोर्डका सदस्यहरुको सहभागिता रहेको थियो । 

पर्ल परियोजना सञ्चालन गर्दा उत्कृष्ट तरिकाले कार्य गरेको भन्दै प्लान नेपालले बाँके युनेस्को क्लबलाई प्रशंसा पत्र पनि प्रदान गरेको थियो । प्लान नेपाल इन्टरनेसनलका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले क्लबका प्रमुख संरक्षक सिद्दिकीलाई सो प्रशंसा पत्र प्रदान गर्नुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…