Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

शान्ति र सदभावका लागि नागरिक अपिल

डेक्स

डेक्स

शान्ति र सदभावका लागि नागरिक अपिल
ADVERTISEMENT

नेपालगन्ज १८ असोज । नेपालगन्ज घटनामा सामाजिक सदभाव कायम गर्नका लागि बाँकेका नागरिक समाजले शान्ति र सदभावका लागि अपिल गरेका छन । नेपालगन्ज बहुधार्मिक, बहुजातिय, बहुसांस्कृतिक विविधता भएको शहरको रुपमा परिचित छ ।

यहाँ बसोबास गर्ने हिन्दु, मुस्लिम, सिख्ख र इसाई धर्महरु एक आपसमा मिलेर बसेका छन । एक अर्काको चाडपर्वमा आपसी मेलमिलाप, भाइचारको सन्देश प्रवाह भई सबै मिलेर बसेको शहर हो । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीको संयोजकत्वमा बसेको एक बैठकले नेपालगन्जमा शान्ति र सदभावको बाताबरण सिर्जनाका लागि सबैमा अपिल गरेको हो । 

नेपालगन्जमा वर्तमान अवस्थामा सिर्जना भएको परिस्थितिले यहाँको धार्मिक, साँस्कृतिक सहिष्णुता तथा सबै भाषाभाषीहरुको विचमा रहेको बन्धुत्व तथा भाइचारामा समेत नराम्रो असर पुगेकोले सबै जातजाती, धर्म सम्प्रदायमा आपसी एकता कायम गर्न र अन्तर घुलनको सिद्धान्तलाई आत्मसाथ गरि सामाजिक सदभाव कायम गर्न अपिल गरिएको हो । 

यसैगरी सामाजिक सद्भाव कायम गराउन, धार्मिक सहिष्णुता खल्बलिन नदिन, शान्ति सुरक्षा स्थापित गर्न स्थानीय प्रशासन समक्ष जोडदार माग गरिएको छ । नेपालगन्जका नागरिक समाजका जयसिंह केसी, बेचनलाल गुप्ता, रविन्द्र ज्ञवाली, अनुप मिश्र, राकेश मिश्र, भरतकिशोर बैश्य, भिष्म लोध, श्री राधाकृष्ण हनुमान मन्दिरका महन्त रामसुमिरन दास, नेपाल सांस्कृतिक महासंघका केन्द्रीय सहमहामन्त्री जहिरुलहक जिनु लगायतले हस्ताक्षर गर्नुभएको थियो । 

यसैगरि आजै बाँके जिल्लास्थित विभिन्न नागरिक समाजका अगुवाहरुले पनि संयुक्त रुपमा सामाजिक सदभावका लागि हार्दिक अपिल गरेका छन । 

स्थानीय शान्ति समितिका पुर्व संयोजकको अपिल 

धार्मिक विषयलाई लिएर नेपालगन्जमा उत्पन्न असहज परिस्थितीप्रति पुर्व स्थानीय शान्ति समिति बाँकेका संयोजकहरुले दुःख व्यक्त गरेका छन ।

समितिका पुर्व संयोजकहरुको आज बसेको बैठकले नेपालगन्जमा सामाजिक सदभावका लागि जोडदार आवाज उठाउदै घटनाका दोषीमाथी कानून बमोजिम कारवाही गर्न, घाइतेको उपचारको व्यवस्थ गर्न, विविध सम्प्रदायविचको सुसम्वन्धमा खलल पुग्ने गतिविधी नगर्न /नगराउन र संयमता अपनाउन सबैमा अपिल गरेको छ । 

अपिलको पुर्ण पाठ 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…