Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्जमा निषेधाज्ञा खुकुलो बनाउन सिफारिस

डेक्स

डेक्स

नेपालगञ्जमा निषेधाज्ञा खुकुलो बनाउन सिफारिस
ADVERTISEMENT

नेपालगञ्ज  । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउसो एक बजेदेखि जारी भएको निषेधाज्ञा (कर्र्फयु) लाई खुकुलो बनाउदै पूर्ण रुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई सिफारिस गरिएको छ । 

जिल्ला प्रसासन कार्यालय, बाँकेमा आज बसेको सर्वपक्षीय बैठकले सो सिफारिस गर्दै सामाजिक सदभाव कायम राख्न र अब सदभाव भडकिन नदिने प्रतिवद्धता व्यक्त गरेको छ । साथै सबै क्षेत्रको उल्लेख्य सहभागिता हुने गरी सदभाव र्याली आयोजना गर्ने समेत निर्णय बैठकले गरेको छ । 

उक्त बैठकले सामाजिक सदभाव भडकाउने, धार्मिक विद्धेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच पुर्याउने जस्ता कानून विपरितका  कार्य गर्नेलाई कानून बमोजिम कडा कारवाही गर्ने तीन बुँदे निर्णय गरेको छ । 

बैठकमा लुम्विनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले दोषीमाथि कारवाही हुने भएकाले विश्वस्त हुन आग्रह गर्दै एक जनाको गल्तीका कारण सामाजिक सदभाव विथोलिन नहुने बताउनुभयो । प्रतिनिधिसभाका सदस्य धवलशम्शेर राणाले निषेधाज्ञालाई खुकुलो पार्न आग्रह गर्दै दोषीमाथि कारवाहीको माग गर्नुभयो । 

पूर्व मन्त्री इश्तियाक राईले हिन्दु र मुश्लिम समुदायलाई लडाउने षडयन्त्र भएको उल्लेख गर्दै सामाजिक सदभाव कायम राख्न सबैलाई अपिल गर्नुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले घाइतेहरुको उपचार स्थानीय सरकारले गर्ने जानकारी दिदै प्रहरी र प्रशासनले संयम्ता अपनाएको बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सो बैठक भएको थियो ।  

भेलामा बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, मौलाना अब्दुल जब्बार मञ्जरी, नागरिक समाजका अगुवा, जनप्रतिनिधि लगायत सहभागि हुनुहुन्थ्यो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…