Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

प्लानको पाँच बर्षे राष्ट्रिय रणनीति सार्वजनिक

डेक्स

डेक्स

प्लानको पाँच बर्षे राष्ट्रिय रणनीति सार्वजनिक
ADVERTISEMENT

सुर्खेत १७ असोज ।  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा गुणस्तरिय शिक्षा र सामाजिक न्याय सहितको समाज निर्माण गर्न सरकार लागिरहेको बताउनुभएको छ । प्लान इन्टरनेशनलको ४५ औँ बार्षिक उत्सावका अवसरमा ५ बर्षे राष्ट्रिय रणनीति सार्बजानिक गर्दै मुख्यमन्त्री शर्माले यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो , दिगो विकासका लक्ष्य र मानव विकास सुचकाङमा कर्णाली धेरै पछाडी छ । त्यसलाई सुधार गरेर कर्णालीमा गुणस्तरिय शिक्षा, गाँउमै भरपर्दो आधारभुत स्वास्थ्य सेवा, गाँउमै रोजगारीका अवसर सहित सामाजिक न्याययुक्त समाज निर्माण गर्ने अठोट लिएका छौँ । समृद्ध कर्णाली, सुखारी कर्णालीवासी बनाउने महान अभियानमा सरकार र साझेदार निकायहरुको सहकार्य आवश्यक छ ।

हामी काम गर्ने बाताबरण सहितको सहयोग गर्ने तयार छौँ । सरकारका नीति तथा कार्यक्रमलाई पुर्ण रुपमा कार्यन्वयन गरेर काम गर्ने दातृ निकायहरुको खाँचो छ । कर्णालीमा बालबालिकाहरुको उज्वल भबिश्य निर्माणका लागि शिक्षामा सुधार, सामाजिक बिभेद र कुप्रथाहरुको अन्त्य जरुरी छ । त्यसैमा केन्द्रीत भएर सरकारले काम गरिरहेको छ ।

यस्तै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्ग पोख्रेलले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि सबैको सहयोग जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, कर्णालीमा विकास र परिवर्तनका सवालहरु धेरै छन् । त्यसमा प्लान इन्टरनेशनल लगायतका दातृ निकायहरुले गरेको काम प्रसंसनिय छ ।

सरकारले बालबिबाह, बहुबिबाह, लागुऔषध दुव्र्यशन लगायतका सामाजिक बिकृतिहरुमुक्त समाज, गुणस्तरिय शिक्षा र स्वास्थ्य, बाल संरक्षण जस्ता महत्वपुर्ण सवालहरुमा भौतिक विकासदेखी चेतनाको विकासका लागि पनि काम गर्नुपर्ने अवस्था छ । त्यसमा सरकार एक्लैले गरेका प्रयास भन्दा सबैको समन्यमा गरेको प्रयास थप प्रभावकारी हुनेछ ।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले मुलुकको भबिश्यसँग जोडिएको बालबालिका र शिक्षाको सवालमा सहकार्य गर्न सबैलाई अपिल गरे । उहाँले भन्नुभयो, गुणस्तरिय शिक्षा र सामाजिक न्याय बिना समाजको समृद्धि सम्भव छैन् । त्यसका लागि प्रदेश सरकारले आधारभुत बस्तु तथा सेवाका लागि गम्भीर ढंगले नीति तथा कार्यक्रम बनाईरहेको छ ।

त्यसबाट केही बर्षमा नतिजा आउनेछ । कार्यक्रममा प्रदेश सरकारका उर्जा तथा जलश्रोत विकासमन्त्री उर्मिला बिश्वकर्माले कर्णालीका विकटबस्तीहरु पनि गैरसरकारी निकायले गरेको काम उल्लेख्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, सरकार पुग्न नसकेको ठाँउमा समेत सरकारसँग समन्वय गरी गैरसरकारी निकायले पुगेर समाजका लागि काम गरिरहेका छन् । यसले सरकारले निकै सहज बनाएको छ ।

कार्यक्रममा प्लान इन्टरनेशलका राष्ट्रिय निर्देशक रामकिशनले बालबालिका, किशोर किशोरी र युवाहरुलाई समावेशी, न्याययुक्त र सुरक्षित समाज निर्माणका लागि आफुहरु काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, यसै बर्षदेखी कर्णाली, सुदुरपश्चिम र लुम्बीनी प्रदेशका अधिकांश जिल्लाहरुमा आफ्नो कार्यक्रम बिस्तार गर्ने योजना छ ।

कार्यक्रममा प्लान इन्टरनेशनलका पश्चिम क्षेत्रीय कार्यालय प्रमूख मीना पराजुलीले बालबालिका, किशोरी र युवाहरुको अधिकार प्रवद्र्धन गर्न सरकार जिम्मेबार बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, मुख्यगरी प्रारम्भीक बालबिकास, हिंसाबाट संरक्षण, गुणस्तरिय शिक्षा, सीप विकास, विपद् जोखिम न्यूनिकरण र जीविकोर्पाजनका लागि प्लानले काम गरिरहेको छ ।

कार्यक्रममा जिल्ला समन्य समिति कालिकोटका प्रमूख धनजित शाही, जुम्लाका प्रमूख गौरीनन्द आचार्य, डोल्पा प्रमूख स्यामबहादुर रोकाया, जुम्लाको हिमा गाँउपालिका प्रमूख लक्ष्मण शाही, कालिकोटको नगरहरीनाथ गाँउपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्ट लगायतका सरोकारवालाहरुले कर्णालीको समग्र शिक्षा, स्वास्थ्य र आयआर्जनका सवालहरुमा सरकार र गैरसरकारी निकायहरु सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो ।  

प्लानले कर्णालीमा आगामी ५ बर्षमा ४ अर्ब ५० करोड बराबर बजेट खर्च गर्ने गरी काम गर्ने जनाएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…