Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जमा सदभाव पदयात्रा

डेक्स

डेक्स

नेपालगन्जमा सदभाव पदयात्रा
ADVERTISEMENT

नेपालगञ्जमा आज वृहत सद्भाव पदयात्रा आयोजना गरिएको छ । सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितमा पदयात्रा निकालिएको हो । 

वीपी चोकबाट सुरु भएको पदयात्राले मुख्य बजारको परिक्रमा गरेको थियो । सामाजिक सद्भाव नेपालगञ्जको पहिचान भएकाले यसलाई अझै प्रगाढ बनाउन पदयात्रा आयोजना गरिएको बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगीले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमबार भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धार्मिक तथा सामाजिक सद्भाव प्रगाढ बनाउन पदयात्रामा सहभागी हुन सबैलाई अपिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो । 

“सामाजिक सद्भावको नमूना सहर नेपालगञ्ज हरेक धार्मिक सम्प्रदाय, जातजाति, भाषाभाषी, वर्ण, लिङ्ग र समुदायको साझा चौतारी हो,” नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले भन्नुभयो, “नेपालगञ्जको शान्त सामाजिक सद्भाव र आपसी एकतामा खलल पुर्‍याउन खोज्नेविरुद्ध फेरि एकपटक नेपालगञ्जवासीले अभूतपूर्व एकता देखाउनुपर्ने अवस्था आएको छ ।”

नेकपा (एमाले) बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले कोही कसैबाट पनि हुने सामाजिक सद्भाव र धार्मिक सहिष्णुता खल्बल्याउन नहुने बताउनुभयो । कुनै पनि व्यक्ति, सङ्घ संस्था वा समुदाय विशेषले कसैको धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मविरुद्ध हुने गरी कुनै पनि किसिमको गतिविधि नगर्न उहाँले आग्रह गर्नुभयो । 

पदयात्रामा यहाँका विभिन्न धर्मगुरु, रजनितिक दल, उद्योगी व्यापारी, नागरिक समाज, पत्रकारलगायतको उल्लेख्य सहभागिता रहेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…