Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

तीन दिने रणनितिक योजना तर्जुमा गोष्ठि

डेक्स

डेक्स

तीन दिने रणनितिक योजना तर्जुमा गोष्ठि
ADVERTISEMENT

 बाँके युनेस्को क्लबको क्षमता सबलीकरणका लागि तीन दिने समिक्षा तथा रणनितिक योजना तर्जुमा कार्यशाला गोष्ठि सम्पन्न गरिएको छ । संस्थाको परिकल्पना, ध्येय, उदेश्य, रणनितिक योजना र अन्य निति बारे समिक्षा गर्दै संस्थाको सबलीकरण र संस्थागत विकासका लागि सो कार्यशाला गोष्ठिको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । 

प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँकेको गाभरमा आयोजना गरिएको सो कार्यशाला गोष्ठिमा संस्थाका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, विभिन्न परियोजनामा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो । 

सो महत्वपुर्ण कार्यशालाको सहजकर्ता मधु दवाडी रहनु भएको थियो भने कार्यशालाबाट संस्थाको रणनैतिक योजना निर्माणमा सहजता भएको क्लबले जनाएको छ । क्लबका अध्यक्ष तुलाधरको सभापतित्वमा सम्पन्न भएको कार्यशालाको समापन कार्यक्रममा क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, पुर्व अध्यक्ष राजेन्द्र चौधरी, महासचिव बुधेश जयसवाल, कोषाध्यक्ष फिरदौस जहाँ र कार्यसमिति सदस्य मिना भुषाल लगायतको उपस्थिति रहेको थियो । 

समापन कार्यक्रममा सहभागिको तर्फबाट क्लबका कार्यक्रम अधिकृत गुलाम गौस, चोमलुंगा युनेस्को क्लबका अनिसा न्यौपाने र क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले कार्यशाला निकै उपलब्धीमुलक भएको र यसले संस्थालाई सबलीकरण गर्न ठुलो सहयोग गरेको प्रतिक्रिया दिनुभयो । 

क्लबका कार्यक्रम संयोजक महेश नेपालीले सञ्चालन गर्नु भएको सो समापन कार्यक्रमको समापन गर्दै क्लबका अध्यक्ष तुलाधरले सहभागिहरुको उत्कृष्ठ सहभागिता र सहजीकरण गर्ने व्यक्तित्वको मिहिनेतले क्लबको संस्थागत विकासमा ठुलो योगदान पुगेको भएको बताउनुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…