Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

लेखनवृत्ति प्रतियोगिताका उत्कृष्ट महिला पत्रकार पुरस्कृत

डेक्स

डेक्स

लेखनवृत्ति प्रतियोगिताका उत्कृष्ट महिला पत्रकार पुरस्कृत
ADVERTISEMENT

नेपाल प्रेस युनियन बाँके शाखाले तीज महोत्सव तथा महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेको छ । तीज पर्वलाई मौलिकतासँगै जोड्दै शाखाले पहिलो पटक महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेको हो ।

प्रेस युनियन बाँके शाखाका उपाध्यक्ष नीशा शाहको सभापतित्व तथा प्रतिनिधिसभा सदस्य आशा विकको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा प्रेस युनियन मासिक पत्रिकाको समेत विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि विक, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीसहितका अथितिहरुले पत्रिकाको संयुक्तरुपमा विमोचन गर्नुभएको हो । 

युनियनको आफ्नो पहिलो अंक तीज विशेष बनाएर प्रकाशन गरेको छ । प्रत्येक महिना अवदेखि युनियनले आफ्नै मासिक पत्रिका प्रकाशन गर्ने सम्पादन मण्डलका सदस्य समेत रहनु भएका युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले जानकारी दिनुभयो ।

आजको तीज महोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधिसभा सदस्य विकले शाखाले तीज पर्वलाई मौलिकतासँगै महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेर महिला पत्रकारहरुलाई पत्रकारिता तर्फ प्रेरित गरेको बताउनुभयो । लेखनसीपको विकास गर्दै महिला पत्रकारलाई व्यवसायिकतासँग जोड्न सकियो भने पत्रकारितामा महिला पत्रकारहरुको उपस्थिति बलियो बनाउन सकिने उहाँको भनाइ छ । 

प्रतिनिधिसभा सदस्य विकले महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि आफ्नो तर्फबाट गर्न सकिने पहलमा कुनै कमी नहुने बताउनुभयो । ‘प्रेस युनियनले प्रारम्भ गरेको अभियान सकारात्मक छ उहाँले भन्नुभयो–‘प्रतिनिधिसभा सदस्यको हैसियतले मैले गर्नुपर्ने सहयोगमा कुनै कमी हुँदैन । यसलाई निरन्तरता दिने काम होस् ।

संस्थागत सहयोगका लागि म सधै प्रेस युनियनको साथमा छु ।’ यस्तै लुम्विनी प्रदेशसभा सदस्य सञ्जु थारुले प्रेस युनियन बाँके शाखाले महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेर नयाँ सन्देश प्रवाह गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले महिला पत्रकारलाई दक्षता अभिवृद्धि गर्ने र उनीहरुलाई पत्रकारितामा टिकाइ राख्नका लागि आफ्नो तर्फबाट गर्न सकिने पहलमा कुनै कम नहुने बताउनुभयो ।

यस्तै अर्का प्रदेश सभा सदस्य माया पुनले प्रेस युनियनले गर्ने संस्थागत सहकार्यका लागि आफु सधैव तयार रहेको बताउनुभयो यस्तै अर्का प्रतिनिधि सभा सदस्य सुशिला नेपालीले प्रेस युनियनले सबैको आवाजलाई समेट्न सकोस् भन्ने सुभकामना व्यक्त गर्नुभयो ।

राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा थारुले प्रेस युनियनसँग स्थानीय सरकारले सहकार्य गरेर अघि बढ्न चाहेको भन्दै त्यसका लागि आफु सकारात्मक रहेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस लुम्विनी प्रदेश सभाका सदस्य कृष्णा सापकोटा, नेपाल प्रेस युनियन लुम्विनी प्रदेशका महासचिव नवीन गिरी, पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य अञ्जु न्यौपाने लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।

नेपाल प्रेस युनियन बाँकेका शाखाका अध्यक्ष प्रियास्मृति ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शाखाका सहसचिव माया अधिकारीले गर्नुभएको थियो । लेखनवृत्ति प्रतियोगितामा रजनी योगी प्रथम, सरला सुवेदी द्धितिय, सावित्री विश्वकर्मा तृतिय र शिवानी विक सान्त्वना हुनुभएको थियो ।

प्रथम हुने योगिले रु ५ हजारसहित प्रमाणपत्र, द्धितिय हुने सुवेदीले रु ३ हजारसहित प्रमाणपत्र, तृतिय हुने विश्वकर्माले रु २ हजारसहित प्रमाणपत्र र सान्त्वना हुने विकले रु १ हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छनौट समितिका संयोजक उमा थापा मगरले जानकारी दिनुभयो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…