Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

क्यान्सर अस्पताल करार र काज चिकित्सकको भरमा

डेक्स

डेक्स

क्यान्सर अस्पताल करार र काज चिकित्सकको भरमा
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा रहेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल करार र काज चिकित्सकको भरमा सञ्चालन भएको छ । 
क्यान्सर अस्पताल, विकास समितिले आज खजुरामा आयोजना गरेको बार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा चिकित्सक सहित ४०९ कर्मचारी स्वीकृतीका लागि पठाएकोमा ओएनएम स्वीकृत नभएकाले पाँच बर्षदेखि अस्पताल अस्थायी चिकित्सक र कर्मचारीको भरमा सञ्चालन भएको अस्पताका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिनुभयो । 
‘जनताले गुणस्तरीय सेवाको अपेक्षा राख्नुहुन्छ तर हाम्रो सेवा सञ्चालनमा जटीलता देखिएको छ’ उहाँले भन्नुभयो । अस्पतालमा अस्थायी विशेषज्ञ चिकित्सकको संख्या कुल १५ मध्ये दुई जना काजमा रहनुभएको छ ।  
मुठी दान गरेर संघीय अस्पतालको रुपमा वि.स २०७५ सालमा स्थापना भएको उक्त अस्पतालमा आर्थिक बर्ष २०७९।०८० मा २९ हजार २५५ क्यान्सरका विरामीले सेवा लिएका छन । 
हालै रक्त क्यान्सरका लागि भिन्दै वार्ड स्थापना भएको र अहिले दुई विरामीको उपचार भइरहेको जानकारी दिदै अध्यक्ष मल्लले फोक्सो,कलेजो, मृर्गौला, ब्लड क्यान्सर, थाइराइड क्यान्सर, लगायतका क्यान्सरका औषधी निशुल्क उपलब्ध भएको र म्याक्स फाउण्डेसनले ६ प्रकारका औषधी दिइरेहको बताउनुभयो । 
नेपाल सरकारबाट प्राप्त भएको रु. ६ करोड पुँजीगत र चालु रु. ४ करोडबाट वृद्धि भएर आ.ब ०८०।०८१ म पुँजीगततर्फ रु. १५ करोड र चालुतर्फ रु. १० करोड गरी रु. २५ लाख बजेट पु¥याइएको अस्पतालले उल्लेख गरेको छ ।   
लुम्बिनी, कर्णाली र सूदुरपश्चिम तीन प्रदेशका स्थानीयले सेवा लिएको सो अस्पतालमा क्यान्सरको उपचारका क्रममा लुम्विनी प्रदेश सरकार र स्वास्थ्य बीमाबाट प्राप्त हुने सुविधा सकिएका ७० बर्ष उमेर नाघेका ज्येष्ठ नगारिक विरामीलाई अस्पतालबाट प्रदान गर्ने सेवा शुल्कको ५० प्रतिशत अस्पतालले व्यहोर्ने गरी छुट समेत भएको अस्पताल विकास समितिले जनाएको छ ।  
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…