Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेमा हुकिङ गरेर विद्युत चोरी

डेक्स

डेक्स

बाँकेमा हुकिङ गरेर विद्युत चोरी
ADVERTISEMENT

नेपालगन्ज । बाँकेमा प्रत्यक्ष रूपमा हुकिङ गरेर विद्युत चोरी भएको छ। त्यसबाहेक मिटरबाट समेत विद्युत चोरी भएको नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ।

जिल्लाका नेपालगञ्ज–४, जयसपुर, हिरीमिनिया, कम्दी, डुडुवालगायत क्षेत्रबाट विद्युत हुकिङ गरेर चोरी भएको नेपालगञ्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०८०र८१ को साउनदेखि हालसम्म सात जनालाई पक्राउ गरिएको जानकारी दिँदै उहाँले छड्के निरीक्षणका क्रममा विद्युत चोरी भएको पाइएको बताउनुभयो । अवैध रूपमा विद्युत चोरी गरेकाहरूबाट दुई लाख ९३ हजार पाँच सय ४६ रूपैयाँ राजस्वसमेत संकलन भएको वितरण केन्द्रले जानकारी दिएको छ।

आर्थिक वर्ष २०७९र८० मा पनि डुडुवा, हिरीमिनिया, खजुराको सी गाउँ लगायतका ठाउँबाट विद्युत चोरी भएको थियो।

उक्त विद्युत चोरी भएका क्षेत्रबाट करिब दुई लाख २० हजार रूपैयाँ राजस्व संकलन भएको वितरण केन्द्रले उल्लेख गरेको छ। 

वितरण केन्द्रका प्रमुख प्याकुरेलले पछिल्लो समय विद्युत चोरीको घटनामा कमी आएको उल्लेख गर्दै चोरी हुने क्षेत्रमा निगरानी बढाइएको जानकारी दिनुभयो। 

उहाँले तरकारीको पकेट क्षेत्रमा विद्युतका लागि मिटरको माग बढी रहेको र सबै वडामा विद्युत विस्तार भएर पनि बजार र बाटो साँघुरो भएका कारण ट्रान्सफर्मर राख्ने स्थानको अभाव भएको बताउनुभयो । 

ुटोलटोलमा ट्रान्सफर्मर राख्ने अवस्था आएको छ, तर पोललाई आड लगाउने स्थान पनि छैन,ु उहाँले भन्नुभयो । 

त्यस्तै विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रमा अहिलेसम्म ४४ करोड २५ लाख ४३ हजार एक सय ३७ रूपैयाँ बक्यौता छ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…