Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

विद्यालयमा सुरक्षित सिकाईको वातावरण तय गर्न सुझाव

डेक्स

डेक्स

विद्यालयमा सुरक्षित सिकाईको वातावरण तय गर्न सुझाव
ADVERTISEMENT

नेपालगञ्ज ।  विद्यालयमा सुरक्षित सिकाईको वातावरण तय गर्न सरोकार भएकाले विभिन्न सुझाव दिएका छन । 
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी, सिडिएमको सहभागितामा र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा आज भएको छलफलमा भूकम्प र विपदका बेला विद्यालयमा अपनाउने रणनीतिक योजनालाई प्रभावकारी बनाउन जोड दिइएको छ  । 
सो अवसरमा वृहद विद्यालय सुरक्षाका विषयमा अवधारणा प्रश्तुत गर्दै नेपालगन्ज उपमहानगरपालिकाका उपसचिव गोर्ख बहादुर थापाले शिक्षा क्षेत्रमा समग्र विद्यालय सुरक्षा, विपद उत्थानशिल कार्यक्रम गरेर विद्यालयलाई सुरिक्षत सिकाईका रुपमा हेरिनुपर्नेमा जोड दिनुभयो । 

भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) का अधिकृत नरेश निदालले नेपालगन्जको वडा नं ३ र ७ का १० विद्यालयमा जोखिमको अवस्थावारे सर्वेक्षण भएको जानकारी दिदै स्थानीय महेन्द्र माध्यमिक विद्यालयमा वृहद विद्यालय सुरक्षा योजना लागू गर्न खोजिएको बताउनुभयो । 
उहाँले नीजि, सामुदायिक र मदरसा विद्यालयको भौतिक पूर्वाधारको अवस्था लगायतका विषयमा सर्वेक्षण भएको उल्लेख गर्नुभयो । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी नेपालगन्जका गोर्वदनसिंह सम्झना, उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्त कनौजिया, वडा नं ६ का वडाध्यक्ष समिरप्रताप शाह, परियोजनाका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, प्राविधिक अधिकृत शिव सुवेदी लगायतले भूकम्पको पूर्व तयारीका विभिन्न पक्षका विषयमा वोल्नुभएको थियो । 

नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) ले करिव एक बर्षदेखि नेपालगञ्जमा विपदको पूर्व तयारीका विभिन्न विषयमा काम गरिरहेको छ । सो परियोजनाले पश्चिम नेपालमा भूकम्प जाने सम्भावना रहेको अध्ययनले देखाएको भन्दै पूर्व तयारी गरेको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…