Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

विपन्न परिवारलाई चल्लासहित विभिन्न सामाग्री वितरण

डेक्स

डेक्स

विपन्न परिवारलाई चल्लासहित विभिन्न सामाग्री वितरण
ADVERTISEMENT

नेपालगन्ज, भदौ ४ । बाँके युनेस्को क्लबले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बाँकेका दुई गाउँपालिकाका २१ परिवारलाई आय आर्जनका लागि कुखुराका चल्लासहित विभिन्न सामाग्री वितरण गरेको छ । 

कतार च्यारेटिको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरेको दोस्रो फेजको नेपाल एकिकृत विकास कार्यक्रम अन्तर्गत बाँकेको खजुरा र राप्तीसोनारी गाउँपालिकाका २१ विपन्न परिवारलाई कुखुरापालनका लागि चल्लासहित विभिन्न सामाग्री वितरण गरेको हो । 

बाँके क्षेत्र नम्बर २ का संघीय सांसद डा। धवल शमसेर राणा, प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली र क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले एक कार्यक्रमका विच विपन्न परिवारलाई चल्लासहितको सामाग्री वितरण गर्नुभयो । सो अवसरमा बोल्दै संघीय सांसद डा। राणाले आय आर्जनका लागि गरिएको यो सहयोग निकै उत्कृष्ठ रहेको जनाउँदै यसबाट बढी भन्दा बढी लाभ लिन विपन्न परिवारलाई आग्रह गर्नुभयो । 

क्लबका अध्यक्ष रवि तुलाधरले दुई गाउँपालिकाका विपन्न र गरिब परिवारको छनोट गरेर कुखुरापालनका लागि सहयोग गरिएको जनाउँदै यो सहयोगको बढी भन्दा बढी सदुपयोग गर्न अनुरोध गर्नुभयो । 

सो अवसरमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, पदाधिकारीहरु, बागेश्वरी बहुउदेश्यीय कृषि सहकारी खजुराका अध्यक्ष कमला न्यौपाने लगायत प्लान नेपाल र बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । 

क्लबका अनुसार कुखुरापालनका लागि वितिरण गरिएको सामाग्रीहरुमा प्रत्येक परिवारलाई २८ दिनका तीन वटा खोप लगाइएका १५० वटा चल्ला, आठ बोरा दाना, पानी खाने भाडो ३ वटा, दाना खाने भाडो ३ वटा, खोर निर्माणमा सहयोगका लागि ५ वटा जस्तापाता, १० मिटर फलामको जाली गरेर एक परिवारलाई ६६ हजार १५० रुपियाँ बराबरको सामाग्री रहेको छ ।

चल्ला वितरण गर्नु भन्दा अघि सो सहयोग पाउनेहरुलाई विज्ञद्धारा कुखुरापालनका बारेमा अभिमुखिकरण गरिएको क्लबका अध्यक्ष तुलाधरले बताउनुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…