Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बर्दियाका बाढीपिडितलाई हाइजिन किट वितरण

डेक्स

डेक्स

बर्दियाका बाढीपिडितलाई हाइजिन किट वितरण
ADVERTISEMENT

नेपालगन्ज, भदौ ४ । गएको साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा आएको बाढीबाट प्रभावित भएका बर्दिया जिल्लाका विभिन्न पालिकाका पिडित परिवारलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु गरिएको छ । 

युके एड स्टारफन्डको सहयोगमा प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको आपतकालिन प्रतिकार्य परियोजना अन्तर्गत सो राहात सामाग्री वितरण शुरु गरिएको हो । बर्दिया बासगढी नगरपालिका ८ लक्ष्मणाका बाढीपिडित १३ घर परिवारलाई हाइजिन किट वितरण गरेर वितरण कार्य शुरु गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । 

बासगढी नगरपालिका ८ ककौरास्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रममा नगरपालिकाका उपमेयर इन्दिरा चौधरी, प्लान नेपालका क्षेत्रिय प्रबन्धक मिना पराजुली र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बाढीपिडित परिवारलाई हाइजिन किट वितरण गर्नुभयो । 

वडा नम्बर ८ का वडा अध्यक्ष तुल प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर चौधरीले बाढीपिडितलाई सहयोग गरेकोमा सहयोग गर्ने संघसंस्थाप्रति आभार व्यक्त गर्दै अझै बाढीको जोखिम रहेको बताउनुभयो । प्लान नेपालका क्षेत्रीय प्रबन्धक पराजुलीले बाढीपछि सरसफाईमा ध्यान नदिईए विभिन्न रोग फैलिने डर रहेकोले सरसफाइका लागि हाइजिन किट वितरण गरिएको बताउनुभयो । 

सो अवसरमा युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी र वडा अध्यक्ष गौतमले पनि आ आफ्नो मन्तव्य प्रकट गर्नुभएको थियो । वितरण गरिएको हाइजिन किटमा झुल, बाल्टी, जग, तौलिया, साबुन, सेनिटाइजर, पानी शुद्ध गर्ने औषधी, मास्क, नाइलन डोरी र झोला गरेर १८ वटा सामाग्री रहेका छन् । 

सो परियोजना अन्तर्गत बर्दियाको बासगढी, बारबर्दिया, ठाकुरबाबा र गुलरियाका बाढीपिडित परिवारलाई ८० वटा हाइजिन किट, ८० वटा डिग्निटी किट, दुई सय परिवारलाई खाद्यान्न सहयोग, १५० परिवारलाई पोषण आहार वितरण गरिने तथा १२० वटा धारा, ट्युबवेल तथा १२० वटा शौचालय मरम्मत गरिनुका साथै ८ ठाउँमा कामका लागि नगद कार्यक्रम सञ्चालन गरिने क्लबले जनाएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…