Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

पहिरोको डरले रातभर सुत्दैनन् स्थानीय

डेक्स

डेक्स

पहिरोको डरले रातभर सुत्दैनन् स्थानीय
ADVERTISEMENT

गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका–५ मा आधादर्जन बढी घरमा क्षति भएको थियो । गाउँमाथिबाट आएको पहिरोले कृष्णबहादुर रावलसहित ढुमा गाउँका आधादर्जन बढी घरमा क्षति पुर्‍याएपछि उनीहरु अहिले घरबिहीन भएका छन् ।

वर्षातका कारण गाउँमाथिबाट कति बेला पहिरो आउँछ र गाउँका सबैको एकै चिहान बनाउने हो भन्ने चिन्तामा यहाँका स्थानीय नसुतेर रात कटाउने गरेका छन् । पानी परेपछि गाउँमाथि रहेको मैतु पखेराबाट पहिरोसँगै ठूला ढुङ्गा खस्न थालेपछि पहिराको डरले उनीहरु नसुतेर रात कटाउने गरेका हुन् ।

“नयाँ घरभित्र सर्न नपाउँदै अघिल्लो वर्षको पहिरोले घर पूर्णक्षति बनायो । अहिले छिमेकीको घरमा सबै परिवार बस्दै आएका छौँ । यही घरभित्र पनि पानीका मूल देखिन थालेका छन्”, स्थानीय कृष्णा रावलले भन्नुभयो, “अन्यत्र बस्ने ठाउँ छैन, कुन बेला पहिरोले सबै परिवारलाई एकै चिहान बनाउने हो भन्ने चिन्ताले रातभर निन्द्रा लाग्दैन ।” उहाँका अनुसार यहाँ एक सय २० घरधुरी छन् । 

“पूर्खाहरु यहाँ बसेदेखि गाउँको सिरानमा रहेको मैतु पहराबाट पहिरो आएको थिएन । गत असोजमा परेको अविरल वर्षाले पहिरो पनि आयो, धेरैका घरमा क्षति पनि पुर्‍यायो”, ढुमा गाउँका ज्येष्ठ नागरिक मुना कार्कीले भन्नुभयो, “यस वर्षको साउनको वर्षातले पहिरोको भेल गाउँभित्रै पस्यो, अन्नबालीमा क्षति बनाएको छ । पानीका मूल घरभित्र देखिन थालेका छन् ।” अन्नपात, भाँडाकुडा र लत्ताकपडा छिमेकीका घरमा सारिएको भन्दै बस्नका लागि सुरक्षित बासस्थान नहुँदा नसुतेरै रात बिताउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

आज बिहान जिल्ला समन्वय समितिका उपप्रमुख नैली कार्की, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक महेश बस्नेतलगायतको टोलीले पहिरोले क्षति पुर्‍याएको स्थानको अवलोकन गर्नुभएको थियो । 

उक्त टोलीलाई स्थानीय कृप बुढाले गाउँको अवस्थाका बारेमा जानकारी गराउँदै उचित व्यवस्थापनका लागि माग राख्नुभएको थियो । स्थलगत अवलोकनका क्रममा उपप्रमुख कार्की, प्रजिअ थापालगायतले यहाँका अधिकांश घरहरु पहिराको जोखिममा रहेको पाइएको बताउनुभएको थियो । स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले योजना बनाएर कार्यान्वयन गरे मात्र ढुमा गाउँको पहिरो नियन्त्रण हुने उहाँहरुको भनाइ थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…