Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सरकारमा नैतिक जवाफदेहिता नरहेको ओलीको आरोप

डेक्स

डेक्स

सरकारमा नैतिक जवाफदेहिता नरहेको ओलीको आरोप
ADVERTISEMENT

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा नैतिक जवाफदेहिता नरहेको आरोप लगाउनुभएको छ । 

नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटीको आयोजनामा आजदेखि नेपालगन्जमा सुरु भएको दुई दिने लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिको प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार आफैंले भ्रष्टाचार लुकाउने कोसिस गरिरहेको समेत आरोप लगाउनुभयो । सरकारले केवल केवल स्टन्टबाजी मात्र गरेको उहाँले जिकिर गर्नुभयो । एअरपोर्ट बाहिर केही दिन अघि बरामद गरिएको ठूलो परिमाणको सुनप्रति लक्षित गर्दै उहाँले सरकारको जानकारी विना उक्त काम हुन नसक्ने दाबी गर्नुभयो।

अध्यक्ष ओलीले मिलिजुली खान गठबन्धन सरकार बनेको जिकिर गर्दै गठबन्धन नामको कुनै गन्तव्य नभएको बाँडीचुँडी खाने उद्देश्यले बनेको सरकारले मुलुकलाई केही दिन नसक्ने बताउनुभयो । नेकपा एमाले मात्र अब देशलाई अगाडि बढाउन सक्ने पार्टी भएको बताउँदै उहाँले जनताको आशा र भरोसा पनि एमाले भएको दाबी गर्नुभयो। 

लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएको प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्र सम्पन्न भएको हो । कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव पद्मा अर्याल लगायतले बोल्नुभएको थियो । भेला तथा प्रशिक्षण भोलिसम्म चल्नेछ । भेलामा लुम्बिनी प्रदेशमा एमालेबाट निर्वाचित राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि सहभागी छन् । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…