Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

लुम्विनी प्रदेशमा आँखाको नानी प्रत्यारोपण निशुल्क हुँदै

डेक्स

डेक्स

लुम्विनी प्रदेशमा आँखाको नानी प्रत्यारोपण निशुल्क हुँदै
ADVERTISEMENT

नेपालगन्ज ।  लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालमा पहिलो पटक प्रदेशभर कर्निया अर्थात् आँखाको नानी प्रत्यारोपण निशुल्क गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०र८१ को बजेटमा व्यवस्था गरेर आँखाको नानी प्रत्यारोपण अर्थात कर्नियाको अप्रेशन निस्शुल्क गर्ने नयाँ कार्यक्रममार्फत् व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सो कार्यक्रम लागू गर्ने सातवटा प्रदेशमध्ये लुम्बिनी प्रदेश पहिलो हो। आँखाको ज्योति गुमाएर अन्धोपनबाट मुक्त गराउन कार्यक्रम ल्याइएको स्वास्थ्यमन्त्री राजु खनालले जानकारी दिनुभयो । 

कार्यविधि तयार गरेर कार्यक्रम लागु गरिने स्वास्थ्य मन्त्री खनाल बताउनुहुन्छ । कर्नियाको निस्शुल्क अप्रेसन गर्नेसहित मन्त्रालयले ल्याएको नयाँ कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि बनाउने प्रकृया सुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आँखाको नानी प्रत्यारोपणका लागी बिरामीलाई रकम उपलब्ध गराउने नभइ अस्पतालसँग सहकार्य गरेर अस्पतालको खातामा रकम सोधभर्ना गर्ने गरि कार्यविधि तयार हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विभिन्न कारणले आँखाको ज्योति गुमाउन पुग्नेहरूका लागी कार्यक्रम निकै महत्त्वपूर्ण हुने विश्वास मन्त्रालयको रहेको स्वास्थ्य सचिव डा.जनार्दन पन्थीले बताउनुभयो । 

यसैगरि लुम्बिनी प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई यसै वर्षदेखि सेवा निवृत्त हुँदा सम्मानस्वरूप ५० हजार रुपियाँ दिने भएको छ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा यसका लागि आवश्यक रकम विनियोजन गरेको स्वास्थ्यमन्त्री राजु खनालले बताए। महिला स्वास्थ्य स्वयंसेविकाहरूले यसअघि पाउँदै आएको रकममा रु.५० हजार थप गरी सम्मान पत्रसहित प्रदान गरिने छ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…