Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बन कर्मचारीको मिलेमतोमा कम्दीमा काठ चोरी

डेक्स

डेक्स

बन कर्मचारीको मिलेमतोमा कम्दीमा काठ चोरी
ADVERTISEMENT

नेपालगन्ज १० साउन । बाँके कम्दीस्थित गोकुल सामुदायिक बनका पदाधिकारीले अबैध रुपमा काठ चोरी तथा विक्री वितरणमा सक्रिय देखिएका छन । वन डिभिजन कार्यालयका कर्मचारीको समेत संलग्नतामा बन समुहका पदाधिकारीहरुले खुलेआम अबैध रुपमा काठ चोरी निकासीको कार्य गरिरहेको स्थानीय उपभोक्ताले गुनासो गरेका छन । 

गत साउन १ गतेका दिन गोकुल सामुदायिक बनका अध्यक्ष टुन्नु भन्ने राजेश यादव, सचिव मालती प्रसाद यादव र कोषाध्यक्ष खेमलाल सोनकरलगायतको समुहले कसैलाई जानकारी नदिई लुकी छिपी रुपमा रसिद काटी सिसमको काठ बाँके जानकी गाउँपालिका–६ स्थित श्री शिवशंकर सःमिलमा काठ लगेर चिरान गरिएको प्रत्यक्षदर्शीले बताएका छन । 

उनीहरुले करिब ३६४ क्युफिट सिसमको काठ विक्रीवितरण गरिएको पाइएको छ । समुहले घाटगद्दी गरेको स्थानबाट काठ मिलसम्म पु¥याइ विक्री गरेको छ । बन समुहले आफना नाता गोता र अन्य गैरउपभोक्ताको नाममा केही रसिद काटेर काठ चोरी गरिएको जनाइएको छ । समुहले वनका कर्मचारीसंगको मिलेमतोमा निरन्तर रुपमा काठको चोरी शिकारी गर्दै आएको प्रत्यक्षदर्शी बताउछन । 

यस विषयमा वन डिभिजन कार्यालयसंग बुझ्दा एक अधिकृतले सो बन समुहकै पक्षमा कुरा गर्दै समुहको अन्य विपक्षी रहेकाले उनीहरु गुनासो गरेको प्रतिक्रिया दिएका छन । वन अधिकृत रमेश बुढाथोलीले त्यस घटनाबारे गुनासो तथा उजुरी परेकाले त्यस विषयमा आवश्यक छानविन गर्न थालिएको बताउनुभयो । उहाले छानविनको कुरा गरिरहँदा बन समुहको पक्षमा कुरा गरेपछि मिलेमतोको आंशका गर्न सकिन्छ । 

बन समुहले आफनो विधी विधान र नियमसंग रुपमा काम नगरि चोरी शिकारीमा बढी क्रियाशिल भएपछि उपभोक्ताहरु स्वयम् कारवाहीको माग गर्दै वन कार्यालयमा उजुरी समेत दिएको स्थानीय उपभोक्ता सुर्यलाल यादवले बताउनुभयो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…