Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जको मुख्य नाला फराकिलो हुँदैं

डेक्स

डेक्स

नेपालगन्जको मुख्य नाला फराकिलो हुँदैं
ADVERTISEMENT

नेपालगन्ज, ७ साउन । नेपालगन्जको सुर्खेतरोडस्थित ठुलो नालाको पुलको निकासलाई फराकिलो गर्नका लागि निमार्ण कार्य शुरु भएको छ ।

केही वर्ष अगाडी निमार्ण भएको करिब ८–१० मिटरको नालाको चौडाई निमार्ण गरिएपनि बीचको भाग (निकास) तीन मिटर मात्र बनाएपछि पानी थुुनिएर वर्षेनी नेपालगन्ज नगर डुबानमा पर्ने समस्या अन्त्य गर्न अहिले नाला निमार्ण थालिएको हो । पहिला निमार्ण गर्ने कम्पनीको चरम लापरवाहीका कारण नाला फराकिलो भएपनि बीचको भाग तीन मिटरको साँगुरो बनाएका कारणले नेपालगन्जबासीले सास्ती भोग्दै आएका थिए । 

प्रतिनिधीसभा सदस्य लक्ष्मी तिवारीको विशेष पहलमा उक्त समस्याका बारेमा केन्द्रीयस्तरसम्म पहल पश्चात उक्त निमार्णको कार्य शुरु भएको स्थानीयबासीले बताएका छन । वर्षौदेखिको उक्त समस्याका बारेमा नेपालगन्ज सेतुविक चोकस्थित होटल व्यवसायी गोपाल गिरीलगायतका स्थानीयले पटक पटक नेपालगन्ज उपमहानगरपालिका, सडक डिभिजन लगायतसंग आग्रह गर्दा समेत कुनै सुनुवाई नभएपछि सांसद तिवारीले यो सवाललाई संघीय सरकारसमक्ष दबाब दिएपछि निमार्णको कार्य अघि बढेको हो । 

सांसद तिवारीले नेपालगन्ज–सुर्खेतरोड सडक खण्डअन्र्तगत मुख्य नालाको निकासको चौडाईको अभावमा पानी थुनिएकाले पुललाई फराकिलो बनाएर निकासका लागि सम्वन्धित सरोकारवालासँग पुगेर पहल गर्दा कार्य शुभारम्भ भएको भन्दै खुशी व्यक्त गर्नुभयो । 

संसाद तिवारीले भन्नुभयो, “नेपालगन्ज शहरको मुख्य समस्या ढल निकास र डुबानलाई दिर्घकालिन रुपमा समाधान गर्नुपर्दछ, त्यसका लागि मेरोतर्फबाट पहल भयो ।” स्थानीयको समस्या लिएर सांसद तिवारीले सडक डिभिजन कार्यालय, क्षेत्रीय सडक डिभिजन, नेपाल सरकार अर्थ मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालयसम्म पटक पटक पुगेर उक्त नालाको चौडाई थालिएको हो । 

तीनदिन अघि पुल चौडाई गर्नका लागि काम शुरु भएको सडक डिभिजन कार्यालय नेपालगन्ज प्रमुख निरज शाक्यले बताउनुभयो । उहाँका अनुसार नालाको चौडाई गर्नका लागि रु ३२ लाख ५ हजार ४५२ को लागतमा कार्की सच्ची जेभी कन्स्ट्रक्सन नेपालगन्जले ठेक्का लिएको छ । 

नालाबाट पानी बग्ने मुहानलाई चौडा बनाएपछि वर्षाको समयमा नेपालगन्ज शहर डुब्ने समस्याको अब अन्त्य हुनेछ । नेपालगन्ज नगरभित्रका प्रायः करिब ८० प्रतिशत सडक तथा नालाहरु निमार्ण भईसकेको छ । तर नाला निमार्ण भएपनि वर्षाको समयमा पानी परेर जम्मा हुने र प्रयाप्त पानीको निकास थुनिएपछि शहर डुबानमा पर्ने समस्या अब समाधान हुनेछ । 

नाला निमार्णको विषयले अहिले सामाजिक सञ्जालमा खुबै चर्चा पाएको छ । एक अर्काविच आरोप प्रत्यारोप चलिरहेको छ । तर अहिले वर्षाको समय भएपनि समस्या समाधानका लागि शुरु गरिएको पहल कार्यान्वयन हुनु सकारात्मक हो । नागरिक सामाजका अभियन्ताको रुपमा परिचित सांसद तिवारीले सार्वजनिक सवाललाई बढी महत्व दिइरहेको बताउनुभयो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…