Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेमा अझै आएन ‘लम्पी स्किन’ खोप

डेक्स

डेक्स

बाँकेमा अझै आएन ‘लम्पी स्किन’ खोप
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेमा अहिलेसम्म ‘लम्पी स्किन‘ को सङ्क्रमण भएका पशुमा लगाउने खोपको प्रबन्ध भएको छैन । सो सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको भएको छ । जिल्लामा करिव सात हजार पशु सङ्क्रमित भएका छन । 
पशु पालक किसनाले समयमा खोप नपाउदा ठूलो आर्थिक नोक्सानी व्यहोर्न बाध्य भएका छन । ‘केही किसानले नीजि स्तरबाट भ्याक्सीन लगाउनुभएको तर जिल्लामा भ्याक्सीन अझै आएको छैन ’ भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका पशु चिकित्सक रुपेन्द्र कुमार ओलीले भन्नुभयो । 
उहाँले पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएकाले रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षण अनुसारको उपचार भइरहेको जानकारी दिुभयो । 
कतिपय पशुपालक कृषकले स्थानीय सरकारमा रहेको पशु सेवा केन्द्रमार्फत पनि सुविधा लिएको उल्लेख गर्दै पशु चिकित्सक ओलीले संघीय सरकार, प्रदेश सरकारबाट खोप नआएको बताउनुभयो । 
नेपालगन्ज उपमहानगरपालिका सहित आठ स्थानीय तहमा सो भाइरसको सङ्रक्रमण देखिएपनि राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको भेटरीनरी अस्पतालले जनाएको छ । 
नेपाल भेटरीनरी एसोसियसनका सचिव डा. शंकर न्यौपानेले सङ्क्रमणबाट पशुवस्तुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको उल्लेख गर्दै किसानको पशुबाट दूधको उत्पादन घटदै गएको बताउनुभयो ।  
उहाँले पशुलाई धेरै ज्वरो आउनु, शरिर र मुखमा फोका जस्ता खटिरा निस्कनु, पशुलाई श्वाशप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु सङ्क्रमणको मुख्य लक्षण भएको जानकारी दिनुभयो । 
सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिक रुपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवजातवमा कडाई गरेर पनि यसको न्यूनिकरण हुन सक्ने डा. न्यौपानेले सुझाव दिनुभयो । एउटा रोगी पशुलाई लामखुट्टे, ंझिङ्गा वा किर्नाले टोकेर यसको सङ्क्रमण फैलन सक्ने बताइएको छ । बाँकेमा करिव एक लाखको हाराहारीमा भैसी र ६० हजार हाराहारीमा गाई रहेका छन । 
बर्दियाको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले ‘लम्पी स्किन‘ को सङ्क्रमण भएका पशुलाई लगाउन दुई हजार भाइल खोप आएको जानकारी दिएको छ । 
एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, बर्दियाका वरिष्ठ कृषि प्रसार अधिकृत सागर ढकालले केही दिनमा नै खोप लगाउने कार्य सुरु हुने जानकारी दिदै जिल्लामा ३७९ पशु सङ्क्रमित भएको बताउनुभयो । अहिलेसम्म जिल्लामा चार पशुको सङ्क्रमणबाट मृत्यु भएको छ । बर्दियामा १ लाख २४ हजार ९२१ गाई , १ लाख २४ हजार बढी भैसी रहेका छन ।  
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…