Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

मुश्लिम र मधेसी सुमदायमा हुने बाल विवाह घट्दै

डेक्स

डेक्स

मुश्लिम र मधेसी सुमदायमा हुने बाल विवाह घट्दै
ADVERTISEMENT

नेपालगन्ज ।  बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मुश्लिम र मधेसी सुमदायमा हुने बालविवाह घट्दै गएको छ । 
फातिमा फाण्डेसन, बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको बालविवाह विरुद्धको परियोजना समिक्षा गोष्ठीमा सो जानकारी दिइएको हो । 
उपमहानगरपालिकाका खास गरी वडा नं १४ र १५ मा किशोरी, महिला तथा अभिभावकसँगको सहकार्यमा फातिमा फाण्डेसनले सञ्चालन भएको विभिन्न बाल विवाह विरोधी अभियानले ७०.०३ प्रतिशत बालविवाह कम भएको र अहिले पनि १२.७५ प्रतिशत बालविवाह कायम रहेको देखिएको फातिमा फाण्डेसन, बाँकेकी अध्यक्ष मैमुना सिद्धिकीले जानकारी दिनुभयो । 
उहाँले बालविवाह विरुद्धको अभियानलाई निरन्तरता दिने विषयमा चुनौती थपिएको उल्लेख गर्दै मदरसाको मात्रै पहुँच भएका किशोरी अहिले विद्यालय गएर पढन थालेको बताउनुभयो । 
अध्यक्ष सिद्धिकीले भन्नुभयो‘हामीलाई धर्मगुरुको अलि बढी डर थियो तर उहाँहरु पनि अहिले हाम्रो साथमा हुनुहुन्छ ।’ किशोरीलाई विद्यालय लैजानका लागि पोशाक र पुस्तकको केही समस्या भएको जानकारी दिदै उहाँले बालविवाह विरोधी अभियानलाई निरन्तरता दिन स्थानीय सरकारसँग पनि सहकार्य गर्न प्रश्ताव गरेको बताउनुभयो । 
नेपालगञ्ज उपमहानगरपालिकाकी महिला विकास अधिकृत मञ्जु पाण्डेले उपमहानगरपालिकाको वाड नं १९ मा किशोरी परामर्श केन्द्र स्थापना भएको जानकारी दिदै किशोरी विकास कार्यक्रमलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । 
नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ की अञ्जली राउले आफू बालविवाहको दुष्चक्रमा फसेको जानकारी दिदै अभिभावलाई बुझाएपछि त्यसबाट मुक्त भएको जानकारी दिनुभयो । 
‘मैले यसका लागि धेरै नै सर्घष गर्नुपरेको छ, सायद त्यही सघर्षका कारण आज मेरो विवाह भएको छैन’उहाँले आफ्नो अनुभव सुनाउदै भन्नुभयो । 
उहाँ भन्नुहुन्छ ‘ाम धेरै पटक मेरो, बावा र आमासँग रोए त्यसपछि उहाँहरु मेरो कुरामा सहमत हुनुभयो र अहिले म कलेज पढदै छु । अञ्जलीले खास गरी किशोरी समूहमा आवद्ध भएपछि बालविवाह विरुद्धको अभियानमा एक बर्षअघि मात्रै लागेको बताउनुभयो । उहाँ कलेजको दश जोड दुईमा अध्ययनरत हुनुहुन्छ । 
परियोजनाका संयोजक उमेश गुप्ताले उपमहानगरपालिकाको वडा नं १४ र १५ मा सबैभन्दा वढी बालविवाहको समस्या भएको जानकारी दिदै बालविवाहको प्रमुख कारण गरिबी भएको बताउनुभयो । 
‘मधेसी समुदायमा किशोरीको कुरा सुन्ने प्रचलन हुदैन, त्यसैले पनि उनीहरुको समूह नै गठन गरेर काम हुदै आएको छ ’उहाँले भन्नुभयो । 
उहाँले महिलालाई नीतिगत तहमा पहुँच पु¥याउने र आर्थिक शसक्तिरकणमा जोड दिएको उल्लेख गर्दै स्थानीय स्रोत र साधनमा समेत महिलाको पहुँच बढेको बताउनुभयो । 
सो फाण्डेसनले किशोरी, महिलाको समूह बनाएर बालविवाहका बाहेक सीप विकास र क्षमता अभिवृद्धिमार्फत तरकारी खेती, बाख्रा पालन लगायतका आयआर्जनका काम समेत गरेको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…