Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

लामोसमयदेखि सडक नबनेपछि स्थानीय आन्दोलित

डेक्स

डेक्स

लामोसमयदेखि सडक नबनेपछि स्थानीय आन्दोलित
ADVERTISEMENT

पाँच वर्षसम्म सडक निमार्ण सम्पन्न नगरि अलपत्र पारिएपछि बाँके खजुराका स्थानीयहरु आन्दोलित भएका छन् । नेपालगन्ज गुलरिया सडक अन्तर्गतको खजुरा बजार क्षेत्रमा पर्ने एक हजार आठ सय मिटर सडक निर्माणमा अनियमितता भएको र ठेकेदारले सडक निमार्ण अधुरो गुणस्तरहिन काम गरेको भन्दै स्थानीयले नेपालगन्ज गुलरिया सडक अवरुद्ध गरेर दबाब दिएका छन । 

खजुरा क्षेत्र संरक्षण समितिको आह्वानमा स्थानीयहरु सडकमा निसकेर प्रदर्शन गरेको समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताउनुभयो । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । 

उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा सम्झौता भएको थियो । 

निर्माण कम्पनीले निर्माणकार्यमा ढिलाइ गर्दा यात्रु स्थानीयले विगत ५ वर्ष देखि धुलो, हिलोबाट सास्ती खेपिरहेका छन् । ठेकेदार कम्पनीलाई सडक डिभिजन कार्यालयले काम गरेको भन्दा बढी रकम भुक्तानी दिएका कारण ठेकेदारको लापरवाही र अराजकता बढेको स्थानीयको आरोप छ । 

बाटो खनेर पहिलो चरणको गिट्टी बिच्छाइएको भरमा ८५ प्रतिशत काम सम्पन्न भएको भन्दै सडकले ठेकेदारलाई भुक्तानी गरिदिएको स्थानीयले बताएका छन । सडकको उचाई सम्झौता बिपरित घटाउनुका साथै नाला र फुटपाथ निर्माणमा पनि गुणस्तरहिन काम भएको उनीहरुको भनाई छ ।

यस अघि पनि पटक पटक आन्दोलित भएका खजुराबासीलाई एक दुई दिन काम गरे जस्तो गर्ने र फेरि बेपत्ता हुने ठेकेदारको प्रबृत्तिले पुनः आन्दोलन गर्नु परेको खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष बुढाथोकीले बताए । 

विहानैदेखि अवरुद्ध सडक निमार्ण गर्ने विषयमा ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालयविच छलफल गर्ने सहमती भएपछि आन्दोलिन स्थागित भएको इलाका प्रहरी कार्यालय खजुुराले जनाएको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…