Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

गर्मीले बाँकेमा हेण्डपम्प सुक्न थाले

डेक्स

डेक्स

गर्मीले बाँकेमा हेण्डपम्प सुक्न थाले
ADVERTISEMENT

नेपालगञ्ज ।  चर्को गर्मीका कारण बाँकेका अधिकांश हेण्डपम्पको पानी सुक्न थालेको छ । यसअघि कहिलै नसुक्ने चुरे पर्वत आसपासका हेण्डपम्पमा समेत पानी आउन कम भएको बैजनाथ गाउँपालिका १ का स्थानीय दलबहादुर चन्दले जानकारी दिनुभयो ।
लामो खडेरीले च्यामा र आसपासका हेण्डपम्पमा पानी दिन छाडेको उललेख गर्दै उहाँले यसअघि कहिलै नसुक्ने हेण्डपम्पले समेत पानी दिन छाडेको बताउनुभयो । उहाँले भन्नुभयो गर्मीले रुख, विरुवा ओइलाउन थालेका छन् । तातो हावा (लू) चल्न थालेपछि जनजिवन कष्टर बनेको छ,’ 
बैजनाथ गाउँपालिका २ लढौराका गणेश सुनारले पनि हेण्डपम्प सुकेपछि पिउने पानीको समस्या पर्न थालेको बताउनुभयो । हेण्डपम्पबाट थोपा–थोपा पानीमात्र आउने गरेको जानकारी दिदै उहाँले मोटरले पानी तान्न छाडेको छ भन्नुभयो ।  हातले चलाउँदा थोपा–थोपामात्र पानी आउँछ,’ उहाँ भन्नुहुन्छ । 
हेण्डपम्पको भरमा राखिएको धानको व्याड सुक्न थालेपछि किसान चिन्तित भएका छन् । हेण्डपम्पले पानी दिन छाडेपछि धानको व्याड राखेको खेतको गरामा चिरा परेको बैजनाथ गाउँपालिका १  रामविलास थारुको भनाइ छ  ।  ‘हेण्डपम्पले अघिल्लो वर्षको भन्दा एकदमै कम पानी दिइरहेको छ । राखेको व्याड सुक्ने हो की भन्ने चिन्ता लाग्न थालेको छ,’ उहाँ भन्नुहुन्छ । 
राप्तीसोनारी गाउँपालिका ६ का हेण्डपम्प पनि सुक्न थालेको स्थानीय महादेव थारुले बताउनुभयो । उहाँले हेण्डपम्प चलाउँदा चलाउँदै पानी आउन छाड्को बताउनुभयो ।  ‘एक त पानी एकदमै कम आउँछ त्यसैमा आउँदा आउँदै हेण्डपम्पले पानी छोड्छ,’ उहाँ बताउहुन्छ । 

नरैनापुर गाउँपालिका वडा नं ६ का हेण्डपम्प पनि सुक्न थालेको वडा अध्यक्ष प्रेमचन्द्र मौर्यले जानकारी दिनुभयो । उहाँले वडास्थित २४ विघाका हेण्डपम्पमा दिउँसो १२ बजेपछि पानी नआउने बताउनुभयो । ‘डिप बोरिङले समेत अघिल्लो वर्ष जस्तो पानी दिइरहेका छैनन् । गतवर्षको खडेरीबाट डराएका किसानहरु धानको व्याड राख्न डराइरहेका छन्,’ उहाँ भन्नुहुन्छ । यस बाहेक नेपालगन्ज, खजुरा लगायतका क्षेत्रमा रहेका हेण्डपम्पमा पानी निकै कम आउने गरेको बताइएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…