Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

‘शुसासन कायम हुँदा जवाफदेही र पारदर्शी हुन्छ’

डेक्स

डेक्स

‘शुसासन कायम हुँदा जवाफदेही र पारदर्शी हुन्छ’
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेमा रहेका विभिन्न सरकारी कार्यालयले सुशासन कायम गर्न भएका प्रयासले जवाफदेही र पारदर्शी हुने बताएका छन । 
लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा रिर्पोटर्स क्लव, लुम्विनी प्रदेशले आज नेपालगञ्जमा आयोजना गरेको सुशासनका लागि साक्षात्कार कार्यक्रममा उनीहरुले सीमित स्रोतका कारण प्रभावकारी कार्य सम्पादन नभएको समेत औल्याएका छन । 
प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले शुसासन चुनौतिको विषय भएको उल्लेख गर्दै कर्मचारीहरु जिम्मेवार र उत्तरदायी हनुपर्नेमा जोड दिनुभयो । 
उहाँले नेता र कर्मचारी सेवक भन्दा बढी शासक बन्न खोजेको आरोप लगाउदै कर्मचारी संयन्त्र जनतासँग जोडिएको हुनुपर्ने बताउनुभयो । 
जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले समन्वय समितिलाई पूर्ण अधिकार नदिएको गुनासो गर्दै समन्वय समितिलाई सौताको छोराको व्यवहार गरेको टिप्पणी गर्नुभयो उहाँले जिल्लाको अनुगमन  समन्वयले गर्ने भएपनि त्यसको कुनै औचित्य नभएकाले स्रोत र साधन सम्पन्न नभएको समन्वय समिति खारेज गर्न माग गर्नुभयो । 
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले योजनाहरु दोहोरिदा भष्ट्राचार बढेको भन्दै योजना छनोट गर्दा छलफल र समन्वय गरी पारदर्शी ढङ्गले टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।  
बाँकेका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले अधिकार क्षेत्र र जिम्मेवारी अनुसार काम गरे सुशासन कायम हुने उल्लेख गर्नुभयो ।  उहाँले भेदभाव नगरी सेवाग्राहीलाई छिटो छरितो र पारदर्शि रुपमा सेवा दिन कार्यालयलाई आग्रह गर्नुभयो ।  
सो कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु,डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा वानो,खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी,कोष तथा लेखा नियन्त्रणका प्रतिनिधी शरदकुमार बराल, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख लालमणि आर्चाय रिर्पोटर्स क्लव लुम्विनीक अध्यक्ष राम कुमार क्षेत्री लगायतले शुसासनका विषयमा वोल्नुभएको उक्त कार्यक्रममा अवधारणापत्र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋिषि चौलागाईले प्रश्तुत गर्नुभएको थियो । 
सो अवसरमा विभिन्न कार्यालयले शुसासनका पक्षमा भएका अशल अभ्यासका बारेमा जानकारी गराउनुभएको थियो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…