Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

विपदकोे जोखिम रोक्न नीजि क्षेत्र सहकार्य गर्दै

डेक्स

डेक्स

विपदकोे जोखिम रोक्न नीजि क्षेत्र सहकार्य गर्दै
ADVERTISEMENT

नेपालगञ्ज।  विपदमा हुन सक्ने जोखिम न्यूनिकरणका लागि नीजि क्षेत्र पनि सहकार्य गर्न उत्साहित देखिएका छन । 
आज यहाँ आयोजना भएको शहरी विपद पूर्व तयारी सम्वन्धी नीजि क्षेत्रसँगको समन्वय कार्यशालामा नीजि क्षेत्रलाई विपदसँग जोडने प्रयास भएको सरोकार भएकाले बताएका छन । 
नेपाल विद्युत प्राधिकरण, डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख हरी प्रसाद पाण्डेले विद्युतीय दुर्घटनाका विभिन्न पक्षको जानकारी दिदै  सिंचाईबाट विद्युतीय दुर्घटना बढी भएको बताउनुभयो । 
उहाँले विद्युत प्रयोगलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै विद्यतीय दुर्घटनाबाट जोगिन त्यसका उपकरणको प्रयोगमा चनाखो हुन आग्रह गर्नुभयो । 
नेपालगञ्ज उपमहानगरपालिकाका विपद सम्पर्क व्यक्ती प्रकाश डिसीले विपदका विभिन्न समस्यलाई सम्वोधन हुने गरी विपद पूर्व तयारी स्थानीय सरकारबाट भएको जानकारी दिदै भूकम्प, आगलागी, शितलहर र लु जस्ता विपदमा सबैको सहकार्यमा हुनुपर्नेमा जोड दिनुभयो । 
शहरी विपद पूर्व तयारी परियोजनाका नरेश निदालले विपदमा नागरिक सहभागिता आवश्यक भएको उल्लेख गर्दै नेपालगञ्ज आगलागी र भूकम्पको जोखिमको क्षेत्र भएको बताउनुभयो । 
सो कार्यक्रमका नेपाल रेडक्रस सोसाइटीका सभापति गोवद्र्धनसिंह सम्झना, परियोजनाका प्राविधिक अधिकृत शिव सुवेदी, परियोजानका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली लगायतले विपदको पूर्व तयारीले जनधनको क्षति रोक्न सहयोग पुग्ने बताउनुभयो ।  
शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) नेपालगन्ज उपमहानगरपालिकाको वाड नं ३ र ७ मा सञ्चालित छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सुपर प्रोजेक्ट सञ्चालनमा रहेको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…