Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

३ दिने पत्रकारिता तालिम सम्पन्न

डेक्स

डेक्स

३ दिने पत्रकारिता तालिम सम्पन्न
ADVERTISEMENT

राप्ती सोनारी (बाँके) २६ जेठ । ग्रामिण पत्रकारिता विकासका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकामा सञ्चालित तीनदिने आधारभुत पत्रकारिता तालिम शुक्रबार सकिएको छ ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सञ्चालन गरेको तालिममा राप्तीसोनारी गाउँपालिकाका ९ वटा वडाका २३ जना युवा तथा किशोरीहरुको सहभागिता रहेको थियो । 

तालिमको समापन गर्दै गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले स्थानीय गाउँ समुदायका सवाललाई सञ्चार माध्यमसम्म पु¥याउनका लागि यो तालिमले मद्दत पुग्ने बताउनुभयो ।

पाध्यक्ष थारुले पत्रकारिता क्षेत्र निकै जोखिमपुर्ण तथा सम्मानित पेशा भएकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिदै सत्य तथ्य र निश्पक्षरुपमा रिपोर्टिङ्ग गरि पेशालाई मर्यादित बनाउन आग्रह गर्नुभयो ।

उहाँले गाउपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममै महिलाहरुका लागि उद्घोषण तथा पत्रकारिता तालिमको विशेष कार्यक्रम समाबेश गर्ने बताउनुभयो । 

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमप्रकाश देवकोटाले पत्रकारिता पेशामा जान आधारभुत तालिमले बाटो खोलेको भन्दै आफुलाई निखार बनाउन अध्ययन र लगनशिल भएर लाग्नुपर्ने बताउनुभयो । पत्रकार बन्नका लागि शुरुमा क्षमता अभिबृद्धि मुख्य पाटोको रुपमा रहेकाले पेशा शुरु गरिसके पश्चात एडभान्सस्तरको तालिमको आवश्यकता रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले युवाहरुलाई यो तालिम दिएर यहाका विषयबस्तु तथा सवालमा सहजता हुने बताउनुभयो । 

समापन कार्यक्रममा गाउँपालिकाका ५ नंं. वडा सदस्य कमला विक, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, सहभागीका तर्फबाट प्रमिला घर्ति, र धनबहादुर थारुले बोल्नुभएको थियो । 

तालिममा पत्रकार शुक्रऋषि चौलागाई र राकेशकुमार मिश्रले सहजीकरण गर्नुभएको कार्यक्रम संयोजक जयसिंह केसीले जानकारी दिनुभयो ।

संयोजक केसीका अनुसार ग्रामिण क्षेत्रका सवाललाई संचारमाध्यमसम्म पु¥याउनका लागि तालिम सञ्चालन गरिएको हो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…