Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

राप्तीसोनारीमा पत्रकारिता तालिम शुरु

डेक्स

डेक्स

राप्तीसोनारीमा पत्रकारिता तालिम शुरु
ADVERTISEMENT

राप्तीसोनारी (बाँके) २४ जेठ । ग्रामिण पत्रकारिता विकासका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकामा तीनदिने आधारभुत पत्रकारिता तालिम शुरु भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सञ्चालन गरेको तालिममा राप्तीसोनारी गाउँपालिकाका ९ वटा वडाका २० जना युवा तथा किशोरीहरुको सहभागिता रहेको छ । 

तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले ग्रामिण क्षेत्रका समस्या तथा सवाललाई सञ्चार माध्यमसम्म पु¥याउनका लागि युवाहरुलाई पत्रकारिता क्षेत्रमा जोड्न यो तालिमले मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष पौडेलले पत्रकार समाजको ऐना भएकाले पत्रकारिता पेशाको गरिमा उच्च रहेकाले पेशागत व्यवसायिकता र निश्पक्ष पत्रकारितालाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले युवाहरुका लागि यो तालिम निकै महत्वपुर्ण भएकाले तालिमपश्चात यस पेशालाई अङ्गाल्न अनुरोध गर्दै स्थानीय समास्या तथा सवाललाई बढी भन्दा बढी मात्रामा उठान गर्नुपर्नेमा जोड दिनुभयो ।

तालिमको उद्घाटन समारोहमा प्रमुख प्रशासकिय अधिकृत ओमप्रकाश देवकोटा, राप्तीसोनारी वडा नंं ६ का वडाध्यक्ष लबराज खरेल, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई लगायतले बोल्नुभएको थियो ।

तालिममा पत्रकार शुक्रऋषि चौलागाई र राकेश मिश्रले सहजीकरण गरिने कार्यक्रम संयोजक जयसिंह केसीले जानकारी दिनुभयो । संयोजक केसीका अनुसार ग्रामिण क्षेत्रका सवाललाई संचारमाध्यमसम्म पु¥याउनका लागि तालिम सञ्चालन गरिएको हो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…