Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

अत्यधिक गर्मीले विद्यालय बन्दको अवधी बढ्दै

डेक्स

डेक्स

अत्यधिक गर्मीले विद्यालय बन्दको अवधी बढ्दै
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेमा अत्यधिक गर्मी बढेपछि स्थानीय सरकारले विद्यालय बन्दको अवधी बढाउदै लगेका छन । 
तीन दिनसम्म मात्र विद्यालय बन्द गर्ने निर्णय भएकोमा नेपालगञ्ज उप महानगरपालिकाले पुनः तीन दिन थप गरी २६ गतेसम्म विद्यालय बन्द गर्ने जनाएको छ । शिक्षा तथा युवा खेलकुद महाशाखाका प्रमुख गोर्ख बहादुर थापाले बर्षे विदाबाट कट्टा हुने गरी विद्यालयमा विदा थप गरिएको जानकारी दिनुभयो । उप महानगरपालिकाले पहिले जेठ २१ गतेदेखि २३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । 
बढ्दो गर्मीका कारण पठापाठनमा समस्या भएकोले विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै २८ गतेबाट खुल्ने विद्यालयलाई व्यवसाथपन समितिको निर्णय अनुसार विहानी सत्रमा सञ्चालन गर्न भनिएको छ । 
कोहलपुर नगरपालिकाले पनि गर्मी अत्यधिक बढदै गएकाले विद्यालय बन्दको अवधी बढने जनाएको छ । 
नगरपालिकाका प्रशासकीय अधिकृत टीकाराम ढकालले विद्यालय बन्दको अवधी बढने संकेत गर्नुभयो । ‘गर्मी बढदै गएको छ, सभ्भवत विदा थप हुन्छ’ उहाँले भन्नुभयो । नगरपालिकाले थप तीन दिन विदा थप हुने जनाएको छ  । यस अघि २२ गतेदेखि तीन दिन विद्यालय बन्द हुने जनाइएको थियो । 
जानकी गाउँपालिकाकी शिक्षा शाखा प्रमुख कृष्णा भण्डारीले  विद्यालय बन्दको अवधी थप गरिएको जानकारी दिनुभयो । 
उहाँले तीन दिन थप भएकोमा पुनः तीन दिन थप गरी २६ गतेसम्म विद्यालय बन्द हुने जानकारी दिनुभयो । 
खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्ने अवधी बन्द हुने संकेत गरेको छ । शिक्षा शाखाका प्रमुख खगेन्द्र मल्लले गर्मी बढ्दै जान थालेपछि विद्यालय बन्दको माग भएको बताउनुभयो । 
नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीराम खरालले विहानी सत्रका विद्यालय सञ्चालन भइरहेको तर बन्द गर्ने निर्णय नभइसकेको बताउनुभयो । 
बन्द गर्ने विषयमा सल्लाह भइरहेको समेत उहाँले उल्लेख गर्नुभयो । 
बाँकेका केही स्थानीय तहमा रहेका सामुदायिक, मदरसा र संस्थागत विद्यालयहरु गर्मीले बन्द हुने छन । 
अत्याधिक गर्मी भएका कारण विद्यार्थीलाई  पठनपाठनमा कठिनाई भएकाले शिक्षा समितिको निर्णय अनुसार बर्षे विदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय भएको थियो । नेपालगञ्जको अधिकतम तामक्रम ३८ देखि ४१ डीग्रीको हाराहारीमा रहेको छ । जसका कारण अत्याधिक गर्मी महसुस गरिएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…